‘झण्डै ११ सय सरकारी कर्मचारीसँग पिआर, ग्रिनकार्ड’

१६ चैत्र २०७०, आईतवार १६:४८ मा प्रकाशित


काठमाडौं, १६ चैत । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासनमा कार्यरत झण्डै ११ सय उच्च पदस्थ अधिकारीहरुसँग विदेशको ग्रिनकार्ड र पीआर रहेको वताएका छन् ।
काठमाडौंमा आज (आइतबार) कार्यक्रममा मन्त्री पण्डितले सबै मन्त्रालयहरुबाट अहिले त्यस्ता कर्मचारीहरुको नामावली संकलनको काम चलिरहेको बताए । उनले विदेशस्थित नेपाली दूतावास मार्फत पीआर र ग्रिन कार्ड लिएका नेपालीहरुको नाम मगाएर त्यसबाट समेत छानविन गर्ने बताए ।
‘विदेश भ्रमणमा जाने कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कस्तो किसिमका भीषा र पासपोर्ट लिएर जान्छन्,’ उनले भने, ‘चेक गरेर धेरै समयको भीष र ग्रिनकार्ड भेटे हनुमान ढोकामा पु¥याए कारवाही गर्छु ।’
उनले यस्ता कर्मचारीलाई कारवाही गर्ने र कारवाहीको ब्यवस्था गर्न निजामती ऐन संशोधन गर्न मन्त्रिपरिषदबाट समेत सहमति लिईसकेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा