शुल्क प्रस्ताव पेस नगर्ने विद्यालयलाई जरिवाना

१६ चैत्र २०७०, आईतवार १५:४६ मा प्रकाशित


इलाम, १६ चैत । अनुमति प्राप्त संस्थागत विद्यालयले प्रत्येक वर्ष जिल्ला शिक्षा कार्यालयमा पेस गर्नुपर्ने शुल्क प्रस्ताव अझै पेस गरेका छैनन् ।
आगामी शैक्षिकसत्रका लागि माघ मसान्तसम्ममा पेस गरिसक्नुपर्ने शुल्क प्रस्ताव पेस नगरेकाले २२ वटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालय इलामले जरिवाना गर्ने भएको छ ।
जिल्लामा सञ्चालित ११८ वटा अनुमति प्राप्त संस्थागत विद्यालयमध्ये ९६ वटाले समयमै प्रस्ताव पेस गरेको र नगर्नेलाई जिसिकाले जरिवाना गर्न लागेको जिसिकाका कर्मचारी वीरेन्द्र कुसियैतले जानकारी दिए ।
विद्यालयले लिने भर्ना शुल्क, स्टेसनरी, परीक्षा शुल्क आदिका बारेमा पहिले नै शुल्क निर्धारण गरी कार्यालयमा बुझाउनुपर्छ ।
समयमै शुल्क प्रस्ताव पेस नगर्ने विद्यालयलाई शुल्क अनुगमन समितिको बैठकले एक हजारदेखि रु २५ हजारसम्म जरिवाना गर्ने उनले बताए ।
गत वर्ष पनि समयमै शुल्क प्रस्ताव पेस नगर्ने ५५ वटा विद्यालयलाई जरिवाना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९