क्षतिपूर्तिको माग गरेर धर्ना दिने कलाकार प्रहरी नियन्त्रणमा

१६ चैत्र २०७०, आईतवार १४:४० मा प्रकाशित


काठमाडौं, १६ चैत । चर्चित लोक गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्तिको माग गरेर काठमाडौंको गोंगबु चोकमा धर्ना दिएका कलाकारहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमालसहितका १२ जना कलाकारलाई प्रहरीले आज (आइतबार) पक्राउ गरेको हो । कलाकारहरुले क्षतिपूर्तिको मागसहित यातायात सञ्चालनमा अबरोध पुर्‍याए पछि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग महाराजगन्जले उनीहरुलाई पक्राउ गरी लगेको लोक दोहरी गायक चन्द्र शर्माले जानकारी दिए ।
बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइ रहेकी लोकगायिका महतको शनिबार साँझ निधन भएको थियो । रत्नपार्कदेखि गोंगबु क्षेत्रमा सञ्चालन हुने माइक्रो गाडीले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
गायिका महतको निधनसँगै सो क्षेत्रमा माइक्रो सेवा बन्द भएको छ । महतको परिवारले दुर्घटनाको छानबिन पश्चातमात्र शव बुझ्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण