जीप दुर्घटनामा छ जना यात्रुको मृत्यु

१६ चैत्र २०७०, आईतवार ०८:३६ मा प्रकाशित


मकवानपुर, १६ चैत । काठमाडौं–हेटौंडा सडक अन्तर्गत मकवानपुरको सिस्नेरीमा यात्रुको बोकेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट कुलेखानी, हटौंडा हुँदै विराटनगर जाँदै गरेको बा १ ज ३९९० नम्बरको जीप सिस्नेरी–३, भालटारमा शनिबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ । भाडाको सो जीप सडकबाट करीव १ सय ५० मिटर तल खसेको छ ।
दुर्घटनामा परी मोरङ केतरिया घर भई हाल दहचोक काठमाडौं बस्ने ३५ वर्षीया दुर्गा पौडेल, ११ बर्षीय प्रज्वल पौडेल, ३ बर्षीया प्राञ्जली पौडेलको मृत्यु भएको छ ।
दैलेख घर भई हाल मातातिर्थ काठमाडौं बस्ने २६ बर्षीया कुसुम बिष्ट, १० बर्षीय प्रज्वल बिष्ट र नाम नखुलेका नावालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घुम्तिमा मोड काट्ने क्रममा ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । दुर्घटनामा घाइते भएका चालक ४० वर्षीय यज्ञप्रसाद पौडेलको काठमाडौंस्थित बीर अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न