सुशील कोइरालासँग को-को रिसाए

१६ चैत्र २०७०, आईतवार ०७:४९ मा प्रकाशित

काठमाडौं, १६ चैत । प्रधानमन्त्री बनेपछि कांग्रेस सभापति सुशील कोइरालाका दुस्ख झन् बढेका छन् । आफ्नै पार्टीभित्रका नेताहरूको चित्त बुझाउन उनलाई सकस परेको छ । प्रधानमन्त्री भएपछि असन्तुष्ट हुने उनी निकटकै नेताहरूको संख्या दिनदिनै बढ्दै छ ।

संविधानसभाबाट संविधान बनाउने अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेसीजन मात्र होइन, बाहिरकाले समेत कोइरालामा सुझबुझ खोजेका छन् । सधैँ त्याग र निष्ठापूर्ण राजनीति गर्दै कांग्रेस नेतृत्वमा आएको झन्डै चार वर्षमा प्रधानमन्त्री बनेका कोइरालाप्रति असन्तुष्ट हुनेहरू बढेपछि उनलाई काम गर्न अप्ठेरो पर्न थालेको छ ।

स्व। गिरिजाप्रसाद कोइरालाले आफ्नो राजनीतिक उत्तराद्र्धलाई परिपक्व मात्र बनाएनन्, आफ्नै पार्टी कांग्रेस र देशलाई समेत नेतृत्व दिए । उनै गिरिजाका अनुयायी सुशील कोइराला कांग्रेसको मात्र बागडोर सम्हालिरहेका छैनन्, देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीमा समेत विराजमान छन् ।

तर, एउटै पार्टीभित्र समानान्तर पार्टी चलाएका वरिष्ठ नेता शेरबहादुर देउवापक्षको असन्तुष्टि संस्थागत रूपमै अघि बढेको छ । तर, संस्थापनकै उपसभापति रामचन्द्र पौडेल, आफ्नै कोटरी र कोइराला खानदानकै नेतासमेत सुशीलसँग रिसाएका छन् ।

कोइरालाका विश्वासपात्र महामन्त्री कृष्णप्रसाद सिटौला असन्तुष्ट नभए पनि दूरीमै छन् । एमालेलाई गृह मन्त्रालय दिने सहमति गरेको भन्दै कोइराला नै उनीसँग रिसाएका थिए । तर, पछि गृह एमालेलाई नै दिन कोइराला तयार भएपछि सिटौलासँगको सम्बन्ध बिग्रिसकेको छैन ।

संसदीय दलको चुनावमा सहयोग गरेकाले कार्यबाहक सभापति आफूले पाउनुपर्ने पक्षमा उपसभापति रामचन्द्र पौडेल छन् । सहमतिअनुसार कार्यबाहक नदिएको भन्दै सभापति तथा प्रधानमन्त्री सुशील कोइरालासँग पौडेल सबैभन्दा बढी रुष्ट छन् ।

यसैगरी, आफूलाई सल्लाह र सुझाब दिँदै आएका प्रधानमन्त्री कोइरालाका कोटरीकै खास मान्छेहरू पनि उनीसँग सन्तुष्ट छैनन् । मन्त्री बन्ने आकांक्षा पालेका पार्टी संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर, दिलबहादुर घर्तीलगायतका नेता कोइरालासँग रिसाएका हुन् । उनीहरू कोइरालाले दीपकुमार उपाध्याय, मीनेन्द्र रिजाललाई महत्त्व दिइएको भन्दै असन्तुष्ट रहेको कांग्रेस स्रोतको भनाइ छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला सत्ता राजनीतिका खेलाडी होइनन् । कोइराला खानदाननिकटका उनी बिपी र गिरिजाप्रसादका अनुयायी भएर काम गर्दै आए । तर, लाभको पदधारण गरेनन् । सत्ता राजनीतिसँग परिचित नभएका उनका सामू एक वर्षमा संविधान बनाउने नेतृत्व दिनुपर्ने चुनौती छ । यसका लागि संयुक्त सरकार सञ्चालन, विपक्षी दल, संविधानसभाभन्दा बाहिर रहेका शक्तिलाई सहमतिमा ल्याउनुपर्ने चुनौती पनि छन् ।

पार्टीभित्रै आपसी सामान्य र सहकार्यले मात्र प्रधानमन्त्री तथा सभापति कोइरालालाई राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सहयोग पुर्यासउने हो । तर, सरकार गठनको डेढ महिना पुग्दानपुग्दै पार्टीभित्रै उनको कडा आलोचना हुन थालेको छ ।

इमानदारिता, स्वच्छ छवि र निष्ठापूर्ण राजनीतिक इतिहास हुँदाहुँदै पनि सुशीलमा बिपी–गिरिजाको अनुयायी मात्र हुँदा थप समस्या भएको श्रेष्ठको तर्क छ । ‘उहाँको निष्ठापूर्ण राजनीतिमा कसैले प्रश्न उठाउन मिल्ने ठाउँ छैन,’ श्रेष्ठ भन्छन्, ‘तर, गिरिजाको जस्तो शक्तिशाली छवि, कोइराला परिवारको लिगेसी बोक्ने व्यक्ति नहुनु र कोइराला परिवारको टाढाको मान्छे हुँदा थप समस्या देखिएको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार