केन्द्रीय प्रयोगशालाका प्राविधिकलाई स्वाइन संक्रमण

१६ चैत्र २०७०, आईतवार ०७:२० मा प्रकाशित


काठमाडौं, १६ चैत । मुलुकको एकमात्र केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका दुई प्राविधिक कर्मचारीलाई स्वाइनफ्लु संक्रमण आशंकामा उपचार सुरु गरिएको छ । उनीहरूमा क्यालिफोर्निया टाइपु स्वाइनफ्लु संक्रमणको आशंका गरिएको हो ।

दुवै कर्मचारीलाई अहिले एन्टिभायरल औषधि टामीफ्लुु दिइएको छ । प्रयोगशालाले संक्रमणको खतरा रोक्न सबै कर्मचारीलाई खोपसमेत दिएको छ ।

हालसम्म मुलुकमा प्रयोगशाला प्रमाणित स्वाइनले दुईको नर्भिक इन्टरनेसनल हस्पिटल, एकको हेल्पिङ हेन्ड सामुदायिक अस्पताल र एकको भारतमा मृत्यु भएको हो । स्वाइन संक्रमित एक महिला नर्भिकमै कृत्रिम श्वासप्रश्वास यन्त्र भेन्टिलेटरमा राखिएकी छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जिल्लाहरूमा स्वाइनलाई निमोनिया ठानिएको र मृत्युका घटनासमेत भइरहेको हुनसक्ने बताए । केही महिना अघिसम्म राजधानीकै चिकित्सक समुदायमा स्वाइनले खासै मृत्यु नहुने मान्यता रहेको थियो ।

स्वाइनफ्लुको उच्च जोखिम समूहमा दमजस्ता फोक्सोको समस्या भएका बूढापाका, मधुमेहजस्ता दीर्घ रोगबाट ग्रसित व्यक्ति, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका, रोग प्रतिरोधक क्षमता कम हुने क्षयरोगी, एचआईभी एड्स संक्रमितलगायत पर्छन् ।

स्वाइनफ्लुको लक्षणमा रुघाखोकी, ज्वरो र माथिल्लो श्वास नलीको संक्रमण हुन सक्छ । कोही-कोहीमा फोक्सोमा संक्रमण देखिएर जटिल निमोनियाका रूपमा पनि देखिन सक्छ । यस्तोमा सास लिन असजिलो, स्वाँ-स्वाँ, छाती दुख्ने आदि हुने गर्छ ।

सामान्य रुघाखोकी जस्तै स्वाइनफ्लुको भाइरस मुख्यतः संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स-साना कणहरूको माध्यमले वातावरणमा फैलिन्छ । संक्रमितको एक मिटर दूरीमा भएका स्वस्थ व्यक्तिले वातावरणमा फैलिएको पानीको कणमा भएको भाइरसलाई श्वासप्रश्वासको माध्यमले आफ्नो शरीरभित्र ग्रहण गर्न सक्छन् । संक्रमितले हातले नाक छोपी हाच्छिउँ गरेपछि फेरि अन्त कहीं छुँदा त्यहीं भाइरस टाँसिन्छ । यस्तो संक्रमणबाट बच्न साबुनपानीले हात राम्ररी धुनुपर्छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न