दाहाल : राजनीतिक क्रान्ति, भट्टराई : आर्थिक क्रान्ति

१६ चैत्र २०७०, आईतवार ०७:१५ मा प्रकाशित

काठमाडौं, १६ चैत । संविधानसभा निर्वाचनमा पराजय भोगेपछि एमाओवादीमा ‘पार्टी पुनर्निर्माणु गर्न अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराईलगायत सबै नेता सहमत थिए । पार्टीलाई कसरी सशक्त बनाउने ? विचार मन्थन हुँदै थियो । त्यहीबेला नेता भट्टराईले ‘नयाँ शक्तिु बनाउने विचार सार्वजनिक गरेपछि राजनीतिले अर्को मोड लियो । दाहालले त्यसलाई सार्वजनिक रूपमै प्रतिवाद गरे ।

भट्टराईको’शक्तिको अस्त्र सीधै दाहालतर्फ लक्षित थियो । नेतृत्वमाथि प्रश्न उठाउँदै त्यो हतियार सोझ्याइएको थियो । करिब तीन दशकदेखि कम्युनिस्ट पार्टीमा लागेका भट्टराईले नवउदारवाद र समाजवादबीच ‘फ्युजनु गरी माक्र्सवादको व्याख्या गर्नुपर्ने जिकिर गरेका छन् । दुवै सिद्धान्तका ुसकारात्मकु पक्ष लिएर नेपाली परिवेशअनुसार माक्र्सवादको विकास गर्नुपर्ने उनको धारणा छ । यसलाई दाहाल पक्षले गैरमाक्र्सवादी भन्दै आलोचना गरेको छ ।

दाहाल र भट्टराईबीच राजनीतिक क्रान्तिलाई जोड दिने कि आर्थिक क्रान्तिलाई भन्नेमा मतभेद देखिन्छ । दाहाल अझै बलपूर्वकु राजनीतिक क्रान्तिको आवश्यकता हुन सक्ने मान्यतामा छन् भने भट्टराई गणतन्त्र आइसकेकाले आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने पक्षमा छन् । मुलुकमा ०४६ पछि भित्रिएको नवउदारवादी नीतिका आधारमा पुँजीवादको विकास गर्ने उनको विचार छ । पुँजीवादको विकास गरेपछि मात्र समाजवादको तयारी हुन्छ, समाजवाद उन्मुख पुँजीवाद अहिलेको आवश्यकता हो, उनले भन्दै आएका छन् ।

दाहाल भट्टराईको तर्क मान्ने पक्षमा छैनन् । उनी राजनीतिक क्रान्ति पूरा नभई आर्थिक क्रान्तिमा जोड दिनुलाई विचलन आएको ठान्छन् । फुटेर गएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग प्रस्तावित एकता गर्नका निम्ति पनि राजनीतिक क्रान्तिको मान्यता उनले छाडेका छैनन् । दुइटा माओवादी एकीकृत नभई दुई ठूला दल एमाले र कांग्रेसमाथि दबाब सिर्जना गर्न नसकिने निष्कर्षमा पुगिसकेका छन्, उनी ।

भट्टराईको बहसले प्रस्तावित एकतालाई असर पार्ने संस्थापन पक्षधरको बुझाइ छ । नवउदारवाद र माक्र्सवादको फ्युजन गराउने भनेको के हो रु स्पष्ट हुनुपर्‍यो, दाहाल निकट नेता हरिबोल गजुरेलले भने,  अर्को कुरा, नवउदारवाद र माक्र्सवादलाई एमालेले मिसाइसकेको छ, हामी त्यो गर्न सक्दैनौं ।

राजनीतिक र आर्थिक क्रान्ति अलग-अलग विषय हुन नसक्ने दाहाल पक्षको तर्क छ । दुवै क्रान्ति एकैपटक सम्पन्न गर्न गाह्रो हुने उक्त पक्षको भनाइ छ । राजनीतिक क्रान्ति पूरा भएको छैन, त्यसकारण हाम्रो जोड यसमै हुन्छ, गजुरेलले भने ।

नेता भट्टराईले शुक्रबार काठमाडौं विश्वविद्यालयका एमबीए अध्ययनरतसँग अन्तक्रिर्यामा युवा\विद्यार्थीलाई आर्थिक क्रान्तिमा लाग्न आग्रह गरे । म राजनीतिक क्रान्तिमा लाग्नैपर्छ भन्दिनँ, उनको भनाइ थियो, आर्थिक क्रान्तिमा भने अवश्य लाग्नुस् । त्यहाँ उनले नेपालमा आर्थिक विकासबारे करिब एक घन्टा बोले । आर्थिक विकासका लागि पुँजीवाद र समाजवादका सकारात्मक कुरा समेट्नुपर्छ, उनले भने, मुलुक संक्रमणकालमा भएकाले अपनाउने मोडेल पनि यही हो । दुई छिमेकी देश चीन र भारतबाट आर्थिक विकासका उपाय सिक्नुपर्ने पनि उनले जनाए ।

भट्टराईको विचार सिद्धान्ततः नमिल्ने एमाओवादीका अन्य वरिष्ठ नेताको भनाइ छ । पुँजीवाद र समाजवादलाई सँगै लिएर जान सैद्धान्तिक रूपमा मिल्दैन, पाका नेता सोनाम साथीले भने, यो विचार पनि होइन, सोभियत संघ विघटन भएपछि यो कुरा उठेको थियो ।

एमाओवादी अहिले चौबाटोमा उभिएकाले अघि जान विभिन्न विकल्प भएको उनको तर्क छ । हाम्रो पार्टी चौबाटोमा उभिएको छ । रुस, चीन वा अन्य देशले लिएको बाटोबाट अघि जान सजिलो छैन, उनले भने, समाजवादी क्रान्तिको मोडेल खोज्नुपर्ने बेला भने अब भयो ।

एमाओवादीको पछिल्लो अन्तरसंघर्ष सैद्धान्तिकभन्दा नेतृत्वको टकराव भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइ छ । पछिल्लो पटक बाबुरामजीले उठाउनुभएको कुरासँग नेतृत्वको टकराव जोडिएको देखिन्छ, उनले भने, चुनावपछि प्रचण्ड कमजोर भएका बेला अन्तरसंघर्ष भएको छ । बाबुरामजीको कुरा प्रचण्डमाथि दबाब सिर्जना गर्न ल्याएको देखिन्छ ।

श्रेष्ठले माक्र्सवाद र नवउदारवादका केही पक्ष मिलाउने कुराले समाधान नदिने तर्क गरे । नवउदारवादले नेपालमा संकट थप्दै आएको छ, निजीकरण हावी हुँदा हामी झन् कमजोर भएको अवस्था हो, उनले भने, त्यसकारण नवउदारवाद र माक्र्सवाद मिलाउने कुरालाई वैचारिक विचलन पनि भन्न सकिन्छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार