जापानले २५ करोड ९० लाख सहयोग गर्यो, नेपालद्वारा रेलसेवा सञ्चालनका लागि सहयोगको माग

१७ बैशाख २०६९, आईतवार १८:३५ मा प्रकाशित

काठमाडौं, १७ वैशख । जापान सरकारले नेपाललाई २५ करोड ९० लाख रुपैयाँ बराबरको खाद्यान्य सहायता उपलब्ध गराउने भएको छ । नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले आइतबार उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका समकक्षी गेम्बाको उपस्थितिमा नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी र अर्थसचिव कृष्णहरि बास्कोटाले हस्ताक्षर गरेका हुन् । उक्त रकम खाद्यान्य उत्पादन बनाउन र सुविधाको पहुँच नपुगेका किसानलाई मल बिऊ विजन किन्न खर्च गरिने छ ।

यसैगरी जापानले जापानी सहयोग नियोग जाइका मार्फत निर्वाचन आयोगलाई २५ थान कम्प्युटर उपलब्ध गराउने भएको छ ।

यसैबीच जापानका विदेशमन्त्रीसँगको बैठकमा नेपाली पक्षले उपत्यकाका लागि मेट्रो रेलसेवा सञ्चालनका लागि माग गरेको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । उनका अनुसार नेपाली पक्षले २ सय मेगावाट क्षमताको माथिल्लो सेती जलविद्यतु परियोजना निर्माणसँगै मध्यपहाडी राजमार्ग निर्माणका लागि अनुरोध गरेको छ ।

जापानी विदेशमन्त्री गेम्बाले आइतबार नै शीतल निवासमा राष्ट्रपति रामवरण यादव र सिंहदरवारमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक