सप्तरीमा डुबेर दुई बालकको मृत्यु

१५ चैत्र २०७०, शनिबार २०:०१ मा प्रकाशित


राजविराज, १५ चैत । सप्तरीको पँसेरामा दुई बालकको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
पँसेरा–५ स्थित पोखरीमा नुहाउन गएका टिकुलिया–९ का सात वर्षीय मोहम्मद जावेद मियाँ र बनौली–६ का सात वर्षीय मोहम्मद समिद मियाँको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।
उनीहरु अध्ययनका लागि मामाघरमा बस्दै आएका थिए । शव परीक्षणका लागि सिरहाको लहान अस्पतालमा ल्याइएको छ ।
यसैबीच सप्तरीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । वीरगन्जबाट राजविराज आउँदै गरेको ना १ ख ९७८४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार सप्तरीको डाँडा–५ बलियाका ३५ वर्षीय अताउल्ला हुसेनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार