सहमति भएन भने प्रक्रियामा जान्छौं : प्रधानमन्त्री

१५ चैत्र २०७०, शनिबार १२:१० मा प्रकाशित


नेपालगञ्ज, १५ चैत । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका लागि नमिलेका कुरा दलीय सहमतिमा मिलाउने बताएका छन् ।
गृह जिल्ला बाँकेको नेपालगञ्जमा आज (शनिबार) आयोजित सम्मान कार्यक्रममा कोइरालाले सरकारले नयाँ संविधान निर्माणमा सहयोग पुराउने बताए । उनले नयाँ संविधान सहमतिको दस्तावेज बन्नु पर्ने पनि बताए ।
‘सहमति भएन भने प्रक्रियामा लगेर पारित हुन्छ,’ उनले भने, ‘तर संविधान निर्माणको गतिलाई कसैले रोक्न सक्दैन ।’
प्रधानमन्त्री कोइरालाले मुलुकको आर्थिक विकासका लागि लगानीको वातावरण निर्माणमा सबै पक्ष जुट्नुपर्ने पनि बताएका छन् । उनले लगानीको वातारण बनाउन सरकार लागेको बताए ।
‘वर्तमान सरकारको प्राथमिकता संविधान निर्माण भए पनि आर्थिक विकासलाई पनि सँगै अगाडि बढाइने छ,’ उनले भने ।
मुलुकको शान्ति र अमनचैनलाई खलल पु¥याउने काम कतैबाट हुन नहुने उनको भनाई छ । विकासको पूर्वाधार निर्माणमा मुलुकले चाँडै ठूलो फड्को मार्ने विश्वास पनि प्रधानमन्त्री कोइरालाको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले