एक्लियो रुस

१५ चैत्र २०७०, शनिबार ०७:४५ मा प्रकाशित

न्यूयोर्क, १५ चैत । संयुक्त राष्ट्रसंघका बहुसंख्यक सदस्य राष्ट्रहरूले महासभामार्फत रुसले युक्रेनी भूभाग क्रिमिया गाभ्नुलाई बिहीबार गैरकानुनी भनेका छन् । यति हुँदा रुसले चाहिँ क्रिमियाली जनताको आत्मनिर्णय अधिकार भन्दै आफ्नो बचाउ गर्न खोजेको छ ।

महासभामा युक्रेनद्वारा प्रस्तावित, अमेरिका र युरोपेली युनियनबाट समर्थित रुसको कदमलाई अस्वीकार गर्ने प्रस्तावको पक्षमा सय राष्ट्रले मत दिएका थिए । ११ राष्ट्र यसको विपक्षमा उभिए । नेपाल, भारत, चीनलगायत ५८ मुलुक मतदानमा सहभागी भएनन् ।

दुई पेजको प्रस्तावमा रुसको नाम उल्लेख गरिएको छैन । तर क्रिमियाली जनमत संग्रहको वैधता नभएको जिकिर गरिएको छ । महासभाको इतिहासमा यस्तो प्रस्तावले गहकिलो सांकेतिक अर्थ राख्छ । दशकअघि एकलौटी हिसाबले इराकमा आक्रमण गरेयता अमेरिकाले महासभाका सदस्यहरूबाट मुस्किलले बहुमत समर्थन पाएको छ । कार्यसम्पादनका हकमै चाहिँ प्रस्तावले अर्थ राख्दैन । क्रिमिया प्रकरणमा खासगरी अमेरिका र युरोपेली युनियनले रुसमाथि दबाब बढाउन प्रस्तावलाई उपाय बनाएका हुन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार