अध्यागमनमा १४ कर्मचारीलाई कारबाही सिफारिस

१५ चैत्र २०७०, शनिबार ०७:४२ मा प्रकाशित

काठमाडौं, १५ चैत । अध्यागमनका कर्मचारीले विमानस्थलजस्तो संवेदनशील ठाउँमा चरम लापरबाही गर्दै डेक्स खाली गरेको ठहर गर्दै १४ कर्मचारीलाई निजामती सेवा ऐनअनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

गत शनिबार विमानस्थलस्थित अध्यागमन डेक्स खाली गर्दा स्वदेशी तथा विदेशी नागरिक भिसा नलगाई काठमाडौं प्रवेश गरेका थिए ।

घटना सार्वजनिक भएपछि गृह मन्त्रालयका सहसचिव यादव कोइरालाको संम्योजकत्वमा छानबिन समितिले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई शुक्रबार प्रतिवेदन बुझाएको हो ।

आगमन कक्षका १४ वटै अध्यागमन डेक्स करिब ८ मिनेट खाली भएको थियो। त्यतिबेलै नयाँदिल्लीबाट आएको स्पाइस जेटका ५० भन्दा बढी यात्रुले आगमन फाराम भरेर डेक्समै छाडेर हिँडेका थिए ।

समितिले अध्यागमनका १४ जना कर्मचारीमाथि निजामती ऐनअनुसार कारबाही गर्नसमेत सिफारिस गरेको  छ ।

‘विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगमन फाराम जाँच गर्न खटाइएको कर्मचारी बिनाजानकारी कहाँ गए, किन गए, यो सुरक्षाको दृष्टिकोणले हदैसम्मको लापरबाही हो, त्यसैले उनीहरूमाथि कारबाहीको सिफारिस गरिएको छ’, स्रोतले बतायो ।

छानबिन समितिले अध्यागमन सुधारका लागि गृहले विशेष ध्यान दिनुपर्ने सुझाउसमेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा