छोरीबुहारी अर्कैसँग गएपछि आमाद्वारा आत्महत्या

१५ चैत्र २०७०, शनिबार ०७:३४ मा प्रकाशित

स्याङ्जा, १५ चैत । विवाहित दुई छोरी र एक बुहारी अर्कैसँग गएपछि चित्रेभन्ज्याङ गाविस ८ की ४१ वर्षीया खुममाया रानाले आत्महत्या गरेकी छन्।

रानाका विवाहित छोरीहरू १८ वर्षीया तारादेवी राना र १५ वर्षीया ज्योति राना तथा बुहारी १४ वर्षीया सोनिया रानालाई क्याक्मीका अमबहादुर आले, दुर्गाबहादुर आले र रामबहादुर आलेले फागुन २८ गते भगाएर नारायणगढ लगेका थिए।

छोरीबुहारी भागेपछि विक्षिप्त भएकी खुममायाले फागुन ३० मा आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीका अनुसार उनीहरूलाई भगाउने तिनैजना पुरुषको पनि घरमा पत्नी र सन्तान छन्। मृतक रानाका दुई छोरीका पति वैदेशिक रोजगारका लागि दुबई र कतारमा छन्।

दुई छोरी र बुहारीको लालनपालन र संरक्षक बनेकी उनले छोरी र बुहारी परपुरुषसँग भागेको दुई दिनपछि झुन्डिएर आत्महत्या गरेकी हुन्।

खुममायाका पति भारतको एक कम्पनीमा काम गर्छन्। तीन सन्तानमध्ये एक छोरा वैदेशिक रोजगारका लागि मलेसियामा छन्।

झुन्डिएको अवस्थामा मृत भेटिएकी रानालाई भारतमा रहेका उनका पतिको सल्लाहअनुसार गाउँलेले अन्त्येष्टि गरेका छन्।

बयरघारीमा एक विद्यार्थीलाई ठक्कर दिएको आरोपमा दुर्गबहादुर आले र मृतककी छोरी ज्योति रानालाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका क्रममा यो रहस्य खुल्न आएको हो।

मृतकका पतिका भनाइका आधारमा अन्त्येष्टि गरिएको भन्दै प्रहरीले थप अनुसन्धानका लागि १२ जना गाउँलेलाई कार्यालयमा ल्याएको प्रहरी नायब उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए।

अनुसन्धानका लागि ल्याइएकामा ६ महिला र ६ पुरुष छन्। प्रहरी कार्यालयमा ल्याइएका गाउँलेहरूमा थमानसिंह राना, पुथ राना, बालकृष्ण राना, श्रीकृष्ण थापा, मानबहादुर थापा, कृष्णबहादुर थापा, खेमसरा राना, दिलमाया राना, लक्ष्मी राना, चन्द्रकुमारी राना, शिरमाया राना र मनिसरा राना रहेका छन्। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा