मन्त्री खड्का र भारतीय राजदूत रेबीच भेटवार्ता

१४ चैत्र २०७०, शुक्रबार १८:३५ मा प्रकाशित


काठमाडौं, १४ चैत । सहरी विकास मन्त्री नारायण खड्का र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच आज भेटवार्ता भएको छ ।
सहरी विकास मन्त्रालयमा आज (शुक्रबार) भएको भेटवार्तामा नेपालको विकास निर्माणमा भारतीय सहयोग तथा नेपाल र भारतबीचको सम्बन्ध विस्तारमा छलफल भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्काले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै आपसी विश्वास, समानतामा आधारित सम्बन्धले नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
उनले सहरी विकासका क्षेत्रमा भारतीय सरकारबाट प्राप्त सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सरसफाइ, सहरी विकासलगायतका क्षेत्रमा दुई देशबीच संयुक्त लगानीका आयोजनाहरू सञ्चालन गर्नुपर्ने बताए ।
राजदूत रेले नेपालको सामाजिक, आर्थिक विकासमा भारत सरकारको सदैव सहयोग र साझेदारी रहने विश्वास दिलाउदै नेपालकोे विकास, पूर्वाधार, व्यापार, वाणिज्य क्षेत्रमा संयुक्त आयोजनाहरू सञ्चालन गर्न भारत तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न