राष्ट्रिय सहमतिको सरकार बनाउन छल फल सुरु

१७ बैशाख २०६९, आईतवार १८:१९ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । नयाँ संविधानको विवादित बिषयमा निरन्तर छल फल र संवादमा जुटेका प्रमुख दलहरुले आइतबारबाट राष्ट्रिय सहमतिको सरकारका बारेमा समेत छलफल चलाएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी मधेसी मोर्चा सहितको माओवादी, कांग्रेस र एमाले र शीर्ष नेताहरुको बैठकमा पूर्व सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल भएको एमाले नेता भीम रावलले जानकारी दिए । उनले भने, ‘दलहरुका वीच अघिल्लो पटक भएको सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउने विषय आजदेखि विषय प्रवेश पाएको छ ।’बैठकमा चार दलले कहिले संयुक्त, एकल, दुई पक्षीय लगायतका परामर्श गर्दै आएका छन् । अहिले भने कांग्रेसका प्रभावशाली नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
बैठकमा कांग्रेसले नयाँ संविधान जारी गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव राखेको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । उनले संविधानका बिवादित बिषयका साथै राष्ट्रिय सहमतिको सरकार बनाउने बारेमा पनि छलफल भएको बताए ।
राज्य पुनर्संरचनाका विषयमा छलफल गर्दै आएका दलहरुले नयाँ संविधान जारी गर्ने क्रममा राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख गरेका हुन् ।
दलहरुका वीच राज्य पुनर्संरचना, शासकीय स्वरुप, नागरिकता लगायतका विषयमा बिवाद रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका

आजको प्रमुख समाचार