संविधानसभाद्धारा अघिल्लो संविधानसभाको स्वामीत्व ग्रहण

१४ चैत्र २०७०, शुक्रबार १३:२१ मा प्रकाशित


काठमाडौं, १४ चैत । संविधानसभाले अघिल्लो संविधानसभाले गरेका काम स्वीकारेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज (शुक्रबार) बसेको बैठकले स्वामित्व ग्रहणको प्रस्ताव पास गरेको हो । संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले अघिल्लो संविधानसभाका ११ समितिले गरेका निर्णय र कारबाहीका अभिलेखहरु पेश गरेका थिए ।
लगतै सभाध्यक्ष सुवास नेम्वाङले अभिलेखहरु अभिलेख अध्ययन तथा निक्र्योल समितिमा पठाउने प्रस्ताव निर्णयार्थ पेश गरे । ध्वनी मतका आधारमा सो प्रस्ताव पास भएको हो ।
यसअघि स्वामित्व ग्रहणको प्रस्तावको विपक्षमा रहदै आएका राप्रपा नेपालले समेत प्रस्तावको विरोध गरेन । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने अनुपस्थित थिए ।
स्वामित्व ग्रहणपछि अभिलेख अध्ययन तथा निक्र्योल समितिले अध्ययन गरेर सहमति भएका विषय मस्यौदा लेखन समितिमा पठाउने छ ।
सहमति नभएका विषयहरु भने शीर्ष नेताहरु रहने संवैधानिक सम्वाद तथा सहमति समितिमा पठाईने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार