लागूऔषधसहित दुई भुटानी शरणार्थी पक्राउ

१४ चैत्र २०७०, शुक्रबार १०:३५ मा प्रकाशित


भद्रपुर, १४ चैत । झापामा प्रहरीले लागूऔषधसहित दुई जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ ।
शनिश्चरे–७ स्थित बसपार्कबाट बेलडाँगीस्थित शरणार्थी शिविरका २० वर्षीय सुवास सुब्बा र २५ वर्षीय कुमार राईलाई सशस्त्र प्रहरीले फक्राउ गरेको हो । सशस्त्र सुरक्षा बेस क्याम्पका प्रहरी निरीक्षक परमेश्वर यादवको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट फेनारगन–३०, डाइजिपाम–३० र लुपिजेसिक–२९ थान चक्की बराम भएको छ । दुवै भुटानी शरणार्थीलाई लागूऔषध मुद्दामा म्याद थप गरी कारबाही शुरु गरिएको छ ।
यसैबीच, सोही बेस क्याम्पका सहायक प्रहरी निरीक्षक लोकनाथ उप्रेतीको नेतृत्वमा खटिएका टोलीले अनारमणि–१ बाट दमक २८ वर्षीय राजु विकलाई पनि लागूऔषधसहित पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले फेनारगत–१८ र लुपिजेसिक–१८ थान चक्की बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य