एमालेमा ‘जबज’ बहस

१४ चैत्र २०७०, शुक्रबार ०७:३२ मा प्रकाशित


काठमाडौं, १४ चैत । एमाले दुई शिर्ष नेताले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज०लाई समय अनुसार परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् । एमालेको नवौ महाधिवशेनका सन्दर्भमा बैचारिक बहस चलिरहेका बेला अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधव नेपालले यस्तो धारणा अघि सारेका हुन् ।

समाजको चरित्र र व्यवहार बदलीइरहेको अवस्थामा सिद्धान्तलाई पनि त्यही अनुसार गतिदिन सक्दा मात्र मात्र त्यो सिद्दान्तले काम गर्न सक्ने उनीहरुको निचोड छ । महाधिवेशनलाई नै केन्द्रित गरेर नेपाल अध्ययन केन्द्रद्वारा बिहीबार राजधानीमा आयोजित अन्तरक्रियामा दुबै नेताले नवौ महाधिवशेनले पार्टीका विचार र कार्यक्रमलाई त्यही अनुसार अघि बढाउने अठोट गरे ।

‘हामीले ६५ बर्षको कम्यूनिष्ट आन्दोलनले के गर्‍यो त्यसको मुल्याकन र समाजको अध्ययन गर्दै अघि बढ्नुपर्छु अध्यक्ष खनालले भने, ‘त्यो अध्ययनको निक्र्यौलबाट मात्र हामी समृद्ध नेपाल निर्माणको दिशामा जान सक्छौ ।’ उनले नेपाली समाजको चरित्र बदलीइरहेका, २०६२र०६३ को जनआन्दोलनले महत्वपूर्ण परिवर्तन भइसकेकाले अब आर्थिक कार्यभारहरुलाई अघि बढाउनुपर्ने बताए । ‘अब सामाजिक र आर्थिक क्रान्ति तर्फका कार्यक्रम हामी अघि सार्नुपर्छु अध्यक्ष खनालले भने, ‘यो महाधिवेशनलाई विचार र नेतृत्वका हिसाबले एकताको महाधिवशेनको रुपमा सन्देश दिन सक्नुपर्छ ।’

बरिष्ठ नेता नेपालले नेपाल संक्रमणको अवस्थामा रहेको त्यही अनुसार पार्टीले आफ्ना कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए । जबजका उपादेयता सकियो भन्ने होइन व्यवहार अघि बढीसक्यो सिद्धान्त चाही उही अवस्था रहीरहन सक्दैनुनेपालले भने,’जबजलाई पनि अझै समृद्ध बनाउदै लैजानुपर्ने आवश्यकता छ । उनले जबज समृद्ध बनाउने प्रयास गर्नै हुदै भन्ने भन्ने सोच्न राख्न नहुने बताए ।

नेपाली समाज समान्तवाद अत्यको र पुजीवादी विकासको संक्रमणबाट गुज्रिइरहेको उनकोबुझाई थियो । त्यसैले महाधिवेशन केन्द्रित बैचारिक बहस यही अवस्थामा पार्टीले कस्ता कार्यक्रम लिएर अघि जाने भन्नेमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

एमालेका अधिकांस केन्द्रिय नेता, सभासद् र कम्यूनिष्ट पार्टीहरुमा आबद्घ व्यक्तिहरुको उपस्थिति रहेका कार्यक्रममा एमाले नेता घनश्याम भुसालले समाजको चरित्र र अबको बाटो के हुने भन्नेमा अवधारणा पेश गरेका थिए । उनले आगामी महाधिवेशनलाई सैद्धान्तिक रुपमा स्पष्ट बाटोमा लैजानुपर्ने बताए ।

‘आवेग र नारा मात्र होयन अब विचार सिद्धान्तका हिसाबले हामीले आफूलाई संगठित पुनगर्ठित गर्न सकेनौ भने आगामी दिन राम्रा हुने छैनन्’ नेता भुसाले भने,’नवौ महाधिवेशनले यो अवसरलाई चुकाउनु हुदैन ।’

एमालेले अबलम्बन गरेको जनताको बुहदलीय जनवादलाई पनि समय अनुसार समृद्ध बनाउनुपर्ने उनको पनि धारणा थियो । जबज भनिने र सुनिन मात्र हुनु भएन यो गरिबका झुपडीमा देखिने पनि हुनुपर्‍योु उनले भने,’उभिएको धरातल नै नहेरी हामी यो वा त्यो व्यक्तिलाई ठिक वा बेठिक भनिरहेका छौ ।’ समाजको चरित्र बदलीइरहेको अवस्थामा हुदै नभएको समान्तवादको विरुद्घ भन्दै पछि लागिरहेको उनको टिप्पणी छ । कार्यक्रममा कम्यूनिष्ट आन्दोलनबारे नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाओवादीका नेता राम कार्कीले पनि बोलेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा