‘मेरो जिन्दगी नै अर्कै भयो’

१४ चैत्र २०७०, शुक्रबार ०७:२७ मा प्रकाशित


काठमाडौं, १४ चैत । ‘हेलो, जयनेपाल …. म सिंहदरबारमै छु। मन्त्रालयमै पुगेर सबै कुरा भनिसकेकी छु, सकेसम्म गर्छु भन्नुभाुछ मन्त्रीज्यूले,’ सिंहदरबार परिसरमा आफैंसँग रहेको सिडिएमए फोनसेटबाट उनी निर्वाचन क्षेत्रका कार्यकर्तालाई आश्वस्त पार्दै थिइन्।

पाँच महिना भयो, उनको दिनचर्या फेरिएको। बल्लतल्ल खाने फुर्सद निकाल्छिन्। खाँदाखाँदै फोन बज्छ, कुरा गर्दागर्दै चिसो खाना त्यत्तिकै फालेर हिँड्नुपर्छ। ३५ वर्षदेखि निरन्तर होटल व्यवसायमा रमाएकी ज्ञानकुमारी छन्त्याल अचेल व्यापार होइन, जनताका काममा कुदिरहन्छिन्। सिंहदरबार छिरेपछि उनको दैनिकी नै बदलियो।

‘पाँच महिनायता मेरो जिन्दगी नै अर्कै भयो,’ बागलुङ ३ बाट नेपाली कांग्रेसको टिकटमा प्रत्यक्षतर्फ सभासद निर्वाचित छन्त्याल बागलुङ सदरमुकामको होटल जेठो छोरो र बुर्तिबाङको छोरीलाई सुम्पेर काठमाडौंमा छिन्।

चार छोराछोरी एक्लै हुर्काएर पार्टीको कामसँगै होटल व्यवसायमा जमिरहेकी ज्ञानकुमारीलाई ‘माननीयु बनेपछि जिन्दगी नै अनौठो लागेको छ। भन्छिन्, ‘होटलमा जस्तो धेरै पैसा छैन। महिनाको ४० हजारजति आउँछ। पार्टीलाई बुझाउनुपर्यो्, कार्यकर्ता आउँछन्, पाल्नैपर्योन। एक्कासि पेसा छाडेर यहाँ आउँदा अर्कै जिन्दगी सुरु भएजस्तो लाग्छ।’

निर्वाचन क्षेत्र टाढा छ, जनताको पीरमर्का बुझ्न गइरहन भ्याइन्न। बुर्तिबाङ सेवाकेन्द्रमा कर्मचारी नपुगेको, मध्यपहाडी लोकमार्गको काम अघि बढ्न नसकेको– आफ्नो क्षेत्रका समस्याको चाङै छ उनीसँग।

‘हल कसरी गर्ने, सोचिरहन्छु, यता सबै दल मिलेर एक वर्षभित्र संविधान बनाउने भन्ने छ। उता गाउँमा विकासका काम भएका छैनन्। जनताले दिनहुँ फोन गर्छन्। जितेपछि एउटै पार्टीको मात्र भन्ने रहेन,’ सिंहदरबार छिरे पनि उनले स्थानीय लवज भुलेकी छैनन्।

अल्पसंख्यक छन्त्याल जातिबाट प्रत्यक्ष निर्वाचित एक्ली सभासद हुन् ज्ञानकुमारी। पछिल्लो जनगणनाअनुसार छन्त्यालको जनसंख्या ११ हजार ८ सय १० पुगेको छ, महिला ६ हजार ५ सय ६५। ‘१०र१२ हजार जनसंख्या भएको अल्पसंख्यक छन्त्याल जातिबाट प्रत्यक्ष जित्ने एक्ली छोरी भएकोमा कसलाई खुसी नलाग्ला ररुु आफ्नो नयाँ भूमिकाप्रति उनमा गर्व छ।

जनमत संग्रहताका २०३६ सालमा कांग्रेसको सदस्य लिएकी उनले होटल व्यवसाय गरे पनि राजनीति कहिल्यै छाडिनन्। त्यसैले उनलाई सबैले चिन्छन्। ‘गाउँमा त सबैले चिन्छन्, संविधानसभामा नौली भएँ,’ बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेटिएकी छन्त्यालले सुनाइन्, ‘यता पहिले धेरैलाई चिन्दिनथेँ। अहिले धेरैसँग परिचय भयो। कतिपय आफ्नै पार्टीका सभासद साथीहरूलाई पनि चिन्दिनँ। उनीहरूसँग परिचय गर्छु। म अल्पसंख्यक जातिको सभासद, त्यसमाथि महिला। झन् प्रत्यक्ष जितेर आएको भन्छु। सबैले बधाई दिन्छन्।’

आफ्नो क्षेत्रका कुन–कुन गाउँमा के–के अभाव छ, ज्ञानकुमारीले जिल्ला विकास समितिबाट सबै विवरण लिएकी छन्। ‘सांसद क्षेत्र विकास कोष पनि नदिनेजस्तो सुनेकी छु। क्षेत्र विकासका लागि सरकारसँग माग गर्ने योजना बनाउँदैछु,’ उनले भनिन्।

होटल पेसाबाट छोराछोरी हुर्काउँदै समाजसेवा गरेको पुराना दिन सम्भ्किइन् उनले। ‘समाजसेवाका लागि मैले कति आर्थिक सहयोग गरेकी छु भन्ने गाउँमा सबैलाई थाहा छ। जति मेहनत गरेँ, त्यति नै समाजसेवामा लगाएँ। अहिले अलि पैसा कम छ। अब सरकारसँग क्षेत्रमा विकास पुर्या इदेऊ भन्न जाने हो,’ उनले योजना बुनेकी छन्।
२०४० सालमा भारत गएका उनका पति अहिलेसम्म फर्किएनन्। उनले हरेस खाइनन्। चार छोराछोरी हुर्काउँदै राजनीति र समाजसेवा एकसाथ अघि बढाइन्।

कांग्रेसमा चारपटक महाधिवेशन प्रतिनिधि, पाँच अवधि जिल्ला कार्यसमिति सदस्य, १५ वर्ष महिला इलाका सभापतिको जिम्मेवारी हाँकेकी उनको अनुभव छ, ‘राजनीति गर्न धर्य, आँट चाहिन्छ। त्यही आँटले चुनावमा उठ्न खोजेँ, २०३६ सालदेखिको सबै प्रमाण देखाएपछि पार्टीले टिकट दियो।’

५६ वर्षीय ज्ञानकुमारीले पाँच वर्षे योजना बुनेकी छन्। ‘होटलको काम सप्पै छाडेँ। सबै दल मिलेर एक वर्षभित्र संविधान बनाउने हो। जनताले त्यही भनेका छन्। चुनाव जितेपछि म सबैको साझा भएँ। अब पाँच वर्षजति यता धेरै काम हुने भयो। क्षेत्रमा कहिले, कसरी जाने भन्ने सोच्दै छु,’ उनले भनिन्।

सत्तापक्षकी सभासद, सदनमा बोल्नुपरेको छैन उनलाई। ठूला नेताले बोले पुग्ने। बोल्नैपर्ने विषय आए त्यसमा पनि पछि नहट्ने उनी बताउँछिन्। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

आजको प्रमुख समाचार