प्रधानमन्त्री कोइराला र विश्ववैंकका उपाध्यक्षबीच भेटवार्ता

१३ चैत्र २०७०, बिहीबार १८:०० मा प्रकाशित


काठमाडौं, १३ चैत । प्रधानमन्त्री सुशील कोइरालासँग विश्व बैंकका उपाध्यक्ष दक्षिण एशिया, फिलिप ले होरुरेयले भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा आज (बुधबार) भएको भेटवार्तामा विश्व बैकले नेपाललाई निरन्तर दिँदै आएको सहयोगका विषयमा प्रधानमन्त्रीले कोइरालाले सराहना गरेको जारी विज्ञप्तिमा उल्लेख छ । कोइरालाले विश्व बैंकले खानेपानी, शिक्षा, स्वास्थ्यको क्षेत्रमा गरेको सहयोगको सराहना गरेका छन् ।
कोइरालाले संविधानसभाको निर्वाचन, नयाँ सरकारको गठन र यसका नीति तथा कार्यक्रमको चर्चा गरेका थिए । ‘हामी एक बर्षभित्र संविधान ल्याउन कटिबद्ध छौ,’ कोइरालाले भने, ‘म तपाइँलाई विश्वास दिलाउछु ।’
प्रधानमन्त्री कोइरालाले आफ्नो सरकारले भ्रष्टाचाररहित सुशासनलाई जोड दिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार