राष्ट्रपतिद्वारा ऐन प्रमाणीकरण

१३ चैत्र २०७०, बिहीबार १७:३२ मा प्रकाशित


काठमाडौं, १३ चैत । राष्ट्रपति डा.रामवरण यादवले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (दोस्रो सशोधन) ऐन २०७०, आर्थिक ऐन २०७० र निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७० लाई प्रमाणीकरण गरेका छन् ।
उनले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण तथा जफत) ऐन २०७०, सुपुर्दगी ऐन, २०७०, नेपाल स्वाथ्य सेवा (चौथो संशोधन) ऐन २०७०, निजामती सेवा (तेस्रो संशोधन) ऐन, २०७०, संविधानसभा सदस्य निर्वाचन ऐन, २०७०, पारस्परिक कानुनी सहायता ऐन, २०७० र संगठित अपराध निवारण ऐन, २०७० पनि प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति डा.यादवले बुधबार उक्त दश ऐनलाई प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका उपसचिव त्रैलोक्यराम आचार्यले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न