राजनीतिक समितिसहित पाँच विषयमा सहमति

१३ चैत्र २०७०, बिहीबार ११:५८ मा प्रकाशित


काठमाडौं, १३ चैत । प्रमुख तीन दलबीच उच्चस्तरीय राजनीतिक समितिका साथै विभिन्न पाँच समिति बनाउने सहमति भएको छ ।
काठमाडौंमा आज (बिहीबार) बसेको कांग्रेस, एमाले र एमाओवादीका प्रमुख नेताहरुको बैठकले राजनीतिक समितिका साथै प्रमुख पाँच विषयमा सहमति गरेको हो । लगातारको छलफल पनि प्रमुख दलहरुका बीच सहमति बनेको नेताहरुले बताएका छन् ।
शान्ति प्रक्रियाको बाँकी काम र संविधानसभालाई सहयोग गर्न प्रमुख तीन दलका शीर्ष नेता रहने गरी उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति भएको कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
गत संविधानसभामा धाँधली भएको भनेर एमाओवादीले उठाएको प्रश्नको सम्बोधन गर्नका लागि व्यवस्थापिका–संसदबाट समिति गठन गर्ने निर्णय पनि भएको छ । संसदबाट समिति बनाईने एमाओवादीका नेता पोष्टबहादुर बोगटीले बताए ।
विगतको संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्न संविधानसभामा राजनीतिक प्रस्ताव पारित गर्ने निर्णयसमेत भएको उनले बताए ।
‘समयमै संविधान निर्माणका गर्ने सहमतिका आधारमा भोलि(शुक्रबार) सम्म संविधानसभामा संसदीय समिति निर्माण गर्नका लागि दलहरुले सभामुखलाई नाम दिने छन्,’ उनले भने ।
बैठकले पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको मूल्यमा भएको वृद्धिको अध्ययन गर्नका लागि संसदीय समिति बनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको