ठगी अभियोगमा विज्ञपान संघका सचिव पौडेलको खोजतलास

१३ चैत्र २०७०, बिहीबार ११:५१ मा प्रकाशित


काठमाडौं, १३ चैत । नेपाल विज्ञापन संघका सचिव समेत रहेका विज्ञापन व्यवसायी नवीन राज पौडेल ठगी आरोपमा विबादमा मुछिएका छन् ।
विज्ञापन कम्पनी माफर्त पत्रपत्रिका, टिभि र एफ एम रेडियोहरुमा विज्ञापन प्रकाशन तथा प्रशारण गरेर लाखौ रकम ठगी गरेको आरोपमा पौडेल विबादमा परेका हुन् । रकम असुल उपर गर्न पत्रपत्रिका र अन्य सञ्चारमाध्यमहरुले अब कानून बाटो खोज्न थालेका छन् ।
पौडेललाई नागरिक राष्ट्रिय दैनिकले आफ्नो कालो सूचिमा राखेको जनाएको छ । विज्ञापन छपाई वापतको लाखौ रकम नदिए पछि नागरिक दैनिकले सचिव पौडेलको तस्वीर सहित आज (बिहीबार)को अंकमा सूचना निकालेर ठगी गरेको जनाएको छ ।
नागरिक दैनिकले आगामी एक साता भित्र विज्ञापन छपाई वापतको रकम नबुझाए कालो सूचिमा राखेर कानूनी कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ । नागरिक दैनिकले पौडेलका साथै बुटवलका अन्य दुई जनाको नाम र तस्वीर पनि विज्ञापनमा ठगी गरेको भन्दै सार्वजनिक गरेको छ ।
सिंहदरबारको पूर्वी गेट नजिकै अनामनगरमा पौडेलले सञ्जीवनी मिडिया सर्भिस (प्रा.)लि खोलेर बसेका छन् ।
विबादमा परिरहने सचिव पौडेलले रेडियो बागेश्वरी, रेडियो स्वर्गद्धारी, रेडियो माण्डपी, हाम्रो एफएम, सिनर्जी, कालिका, जागरण, रुपाकोट, सप्तकोशीलगायत दर्जनौ एफएम रेडियोलाई विज्ञापन प्रशारण गरे वापतको रकम बुझाएका छैनन् ।
विज्ञापन वापतको रकम तिर्नुको साटो सचिव पौडेल भागेर हिड्ने गरेको आरोप पनि नागरिक दैनिकको छ ।
पौडेल नेपालवाणी रेडियो नेटवर्कका मालिक हुँ भन्दै धम्काई हिड्ने गरेका छन् । यस्ता खालका कार्यले पौडेल हाँसोको पात्र समेत बनेका छन् ।
चितवन स्थायी घर भएका सचिव पौडेल कुनै समयमा बागेश्वरी, कालिका र सिनर्जी एफएमका काठमाडौं सम्वाददाता थिए । जिम्मेवारी अनुसारको कार्यसम्पादन गर्न नसके पछि उनलाई एफएमहरुले हटाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

आजको प्रमुख समाचार