सिराहाको शिवनगरमा भिषण आगलागी, सयौं घर नष्ट

१७ बैशाख २०६९, आईतवार ०३:०६ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । सिरहाको वरियारपट्टी–८ शिवनगर टोलमा आगलागी हुँदा १ सय घर जलेर नष्ट भएको छ । तेज हावा र हुरी चलिरहेकाले आगो अझै नियन्त्रमा आउन नसकेको प्रहरीले बताएको छ । वरियारपट्टी सशस्त्र वेस क्याम्प, प्रहरी चौकीका सुरक्षाकर्मी तथा स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । अहिले सम्म आगलागीबाट भएको क्षतिबारे पूर्ण जानकारी आइसकेको छैन । घटनास्थल जाने बाटो जिरोमाइल वरियारपट्टी सडक खण्ड जीर्ण भएकाले बारुणयन्त्र पुग्न कठिन भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ