समलिंगी अधिकार सुनिश्चित गर्न दलहरुको प्रतिबद्धता

१३ चैत्र २०७०, बिहीबार १०:५८ मा प्रकाशित


नयां दिल्ली, १३ चैत । भारतका विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्रमा समलिंगी तथा तेस्रोलिंगी समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अगामी अप्रिल ७ तारिखदेखि सुरु हुन लागेको आम चुनावका लागि बुधबार घोषणापत्र सावैजनिक गरेको सत्तारुढ भारतीय कांग्रेस पार्टिले मानव अधिकारको रक्षा शीर्षकमा समलिंगी तेस्रोलिंगीको अधिकारलाई सुनिश्चित गर्ने उल्लेख गरेको छ । यो शीर्षकअन्तर्गतको बुँदामा सहमतीमा गरिएको समलिंगी यौन सम्बन्धलाई बैधता दिने कानुन ल्याउने विषय पनि उल्लेख गरिएको छ ।

यस्तै भारतीय कम्युनिष्ट पार्टी सिपिआईले पनि आफ्नो घोषणा पत्रमा समलिंगी र तेस्रोलिंगीको अधिकारलाई समेटेको छ । समलिंगी तेस्रोलिंगीको बारेमा कानुनमा भएको विभेदलाई हटाउने विषयलाई प्रस्टसँग उठान गर्ने सिपिआई पहिलो पार्टी समेत बनेको छ ।

यस्तै भ्रष्टाचार नियन्त्रण र सामाजिक सुधारको मुल नारा लिएर गठन भएको नयाँ पार्टी आम आदमी पार्टी आमले पनि समलिंगी तेस्रो लिंगी समुदायको अधिकार रक्षाका विषय घोषणा पत्रमा समेट्ने बताइसकेको छ ।

आपले छिट्टै नै सार्वजनिक गर्न लागेको घोषणापत्रमा यो समुदायप्रति हुँदै आएको विभेदलाई अन्त्य गर्न पहल गर्ने विषय समेट्ने बताएको छ । आपका नेताहरुले समलिंगी तेस्रोलिगीलाई विभेद गर्ने कानुनको ३ सय ७७ धारामा संशोधन गरेर समान अधिकार दिलाउने विषयमा पार्टी भित्रै पनि बहस गरेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा