विन्डोज एक्सपीको विकल्प

१३ चैत्र २०७०, बिहीबार १०:५३ मा प्रकाशित

न्यू योर्क : माइक्रोसफ्टले सर्वाधिक लोकप्रिय रहेको विन्डोज एक्सपी बाट आफ्नो सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ । १२ वर्ष पुरानो यो अपरेटिङ सिष्टमको प्रयोगकर्तालाई अप्रिल ८ तारिखदेखि माइक्रोसफ्टले कुनै पनि अपडेड दिने छैन ।

सपोर्ट बन्द भएपछि पनि प्रयोगकर्ताले विन्डोज एक्सपीको प्रयोग गर्न सक्नेछन् तर यसको जोखिम भने बढ्नेछ । यसले एटिएमसमेत बैंकिङ सेवामा असर पर्न सक्छ भने व्यवसायिक क्षेत्र, सरकारी कार्यालय लगायत अरु क्षेत्र पनि यसको प्रभावबाट अछुतो रहन सक्ने छैनन् ।

विन्डोज अपडेड नभएपछि कम्प्युटरमा ह्याकिङ, भाइरस तथा अरु हमलाबाट बचाउने नयाँ अपडेड नआउँदा विन्डोज एक्सपीमा अबका दिनमा कुनै नयाँ फिचर र सुविधा पनि उपभोग गर्न पाइने छैन । अगामी दिनमा माइक्रोसफ्टले नै बनाएका नयाँ सफ्टवेयर वा अरु कुनै नयाँ सफ्टवेयर कम्प्युटरमा नचल्न सक्छ भने नयाँ बन्ने हार्डवेयरका लागि पनि सपोर्ट विरलै पाइने छ ।

अप्रिल ८ पछि माइक्रोसफ्टले कुनै पनि सपोर्ट नदिंदा प्रयोगकर्तासँग २ वटा विकल्प रहनेछन् । या त धेरै पैसा तिरेर कष्टम विन्डोज एक्सपी प्रयोग गर्ने वा नयाँ विन्डोज अपरेटिङ सिष्टम (ओएस) लिने । दुरदर्शी रुपमा सोच्ने हो भने बढी लगानी गरेर विन्डोज एक्सपीको कष्टम भर्जन प्रयोग गर्नुभन्दा नयाँ ओएस लिनु नै उपयुक्त हुने जानकारहरु बताउँछन् ।

तत्कालका लागि विन्डोज एक्सपीलाई नै निरन्तरता दिने हो भने सामान्य प्रयोगकर्ताले कम्प्युटरमा इन्टरनेटको प्रयोग नगर्नु बेस हुन्छ । यसो गरेर कम्प्युटरबाट केही वर्ष काम चलाउन सकिएपनि दिगो भने पक्कै हुने छैन । पेनड्राइभ वा अरु माध्यमबाट भाइरस पस्ने खतरालाई यसले बचाउन कठिन हुन्छ । राम्रो एन्टिभाइरस, एन्टिस्पाइसवेयर सफ्टवेयर वा फायरवाल्सको प्रयोग गरेर पनि कम्प्युटरलाई सुरक्षित राख्न सकिन्छ ।

आफ्नो अपरेटिङ सिष्टम नबदलने हो भने अप्रिल ८ पछि इन्टरनेट चलाउनका लागि इन्टरनेट एक्सप्लोरर वा मोजिला फायरफक्स प्रयोग नगर्नु नै राम्रो हुन्छ किनकी विन्डोज एक्सपीको सपोर्ट बन्दभएसँगै यिनीहरु पनि सुरक्षित रहने छैनन् । तर गुगल क्रोमले भने विन्डोज एक्स पीलाई अझै पनि सपोर्ट गर्ने भएकाले अगामी १ वर्षका लागि यसबाट काम चलाउन सकिन्छ । धेरैजसो एन्टिभाइरस सल्युसनको विन्डोज एक्सपीमा अझै पनि सपोर्ट रहनेछ भने माइक्रोसफ्टको सिक्युरिटी इसेन्सियल्सले पनि सन् २०१५ को जुलाई १४ तारिखसम्म सपोर्ट गर्नेछ ।

नयाँ अपरेटिङ सिष्टम अपग्रेड नभएपछि ह्याकरलाई सुचना चोरी गर्न सबैभन्दा सजिलो जाभा ब्राउजर प्लग इनबाट हुने भएकाले यसको आवश्यकता नभए हटाइदिनु नै बेश । यदि निकै जरुरी नै छ भने यसका बारेमा अप टु डेट हुनुका साथै ब्राउजर प्लग इन राम्ररी डिसेबल्ड भएको छ कि छैन भनेर ध्यान दिइरहनु जरुरी छ । यस्तै एडोब फ्लायस र एडोब रिडर पनि ह्याकरको निशाना हुन सक्ने खतरा बढ्ने हुँदा आफूलाई चाहिने सफ्टवेयरलाई अप टु डेट राख्नु आवश्यक छ । यदि नयाँ अपरेटिङ सिष्टम राख्ने हो भने विन्डोज सेभेन वा एट लिनु उत्तम हुन्छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा

आजको प्रमुख समाचार