समाजवादी लोकतान्त्रिक फोरम : यादव

१३ चैत्र २०७०, बिहीबार ०७:२० मा प्रकाशित


काठमाडौं, १३ चैत । एकीकरणमा जुटिरहेका तीन पार्टीको बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतापछिको नाम ‘समाजवादी लोकतान्त्रिक फोरमु प्रस्ताव गरेका छन् । तमलोपा, फोरम नेपाल र सद्भावना एकीकरणको मस्यौदा कार्यदलले प्रस्ताव गरेको भन्दा यादवले भिन्न पार्टी प्रस्ताव गरेका हुन् ।

१५ सदस्यीय कार्यदलले एकीकृत पार्टीको नाम लोकतान्त्रिक समाजवादी फोरम वा तराई मधेस सद्भावना फोरम वा समाजवादी लोकतान्त्रिक पार्टी राख्न सुझाएका थिए ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोसमक्ष मंगलबार बेलुकी यादवले यस्तो प्रस्ताव राखेपछि बुधबार उनीहरूले आ-आफ्ना पार्टीमा यसबारे छलफल गरेका छन् । तमलोपा र सद्भावनाले यादवको ६ पेज लामो प्रस्तावलाई सकारात्मक भन्दै धेरै संशोधन आवश्यक भएको बताएका छन् ।

सद्भावनाको बुधबारको बैठकले पार्टीको नाममा सद्भावना जोडिनुपर्ने निष्कर्ष निकालेको महासचिव मनीषकुमार सुमनले बताए । ‘गजेन्द्रनारायण सिंहको इतिहास र मधेस आन्दोलनको उपलब्धिलाई समावेश गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने । ‘उहाँले प्रस्तुत गरेका अरू धेरै विषयमा हामी सहमत छौं ।’ तमलोपाले प्रस्तावलाई एकीकरणको पहिलो आधारपत्र भन्दै सन्तोषजनक भनेको छ । ‘त्यसमा मधेसकेन्द्रित धेरै कुरा समावेश हुनुपर्छ,’ प्रवक्ता तथा सभासद सर्वेन्द्रनाथ शुक्लले भने, ‘आर्थिक र शासकीय प्रणालीबारे मस्यौदा मौन छ ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार