ब्रिटिस गोर्खाकप; पुलिस क्लबले पहिलो पटक उपाधि जित्यो

१७ बैशाख २०६९, आईतवार ०२:५९ मा प्रकाशित

काठमाडौँ, १६ वैशाख । ब्रिटिस गोर्खा कप फुटबलको उपाधिमाथि ह्याट्रिक गर्ने थ्रिस्टार क्लबको सपनालाई नेपाल पुलिस क्लबले सपनामै सिमित पारिदिएको छ । सर्वाधिक पुरस्कार राशीको ०६९ सालको ब्रिटिस गोर्खाकपको उपाधिमा कब्जा जमाउंदै नेपाल पुलिसले थ्रिस्टार क्लबलाई २-० गोल अन्तरको नमिठो हार चखाइदिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा दुई पटकको उपाधि विजेता थ्रीस्टार क्लबलाई शुन्य का बिरुद्ध २ गोलले पछि पार्दै पुलिसले पहिलो पटक उपाधि उपाधि जितेको छ । जित संगै पुलिसले १० लाख रुपैयाँ समेत हात पारेको छ । उपविजेता थ्रीस्टारले भने ह्याट्रिक गर्ने सपना सपनामै सिमित राख्दै ५ लाखमा चित्त बुझाएको छ ।

ए डिभिजन तथा राष्ट्रिय लिग जितेको पुलिसले यसअघि सम्पन्न कुनैपनि ब्रिटिस गोर्खा कपको उपाधि जित्न सकेको थिएन । यसअघिका दुई संस्करणमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले उपाधि जितेको थियो ।

पुलिसलाई जिताउनको लागी खेलको १५ औं मिनेटमा योगेश श्रेष्ठको गोलबाट अग्रता लिएको पुलिसका लागि २९ औ मिनेटमा भरत शाहले गोल गरेका थिए ।

पहिलो हापमा नै दुई गोलको अग्रता लिएको पुलिसले दोस्रो हाप भने केही रक्षात्मक खेल्यो र थ्रीस्टारका खेलाडीहरु पुलिसको डिफेन्स लाइनबाट क्रस हुन दिएन ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पुलिसका विराटकृष्ण श्रेष्ठ, उत्कृष्ट गोल रक्षक पुलिसकै रितेश थापा र उत्कृष्ट फरवार्ड पुलिसका योगश श्रेष्ठ घोषित भएका छन ।

यस्तै उत्कृष्ठ डिफेण्डर थ्रीस्टारका विराज महर्जन र उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै विसन गौचन बने । सवै विधामा उत्कृष्ठहरुले जनही ५०९५० हजार रुपैया हात पारेका छन ।

एएफसि च्यालेञ्ज कपको समयमा पुर्ननिर्माण गरिएको दशरथ रंगशालाको कृतिम प्रकाशको सहायतामा खेलाइएको खेलमा पुलिसमाथि कुनै आक्रामक खेल देखाउन नसकेका थ्रि स्टारका खेलाडीहरु हारपछि निरास मुद्रामा देखिए भने पहिलो पटक ब्रिटिस गोर्खा कपको उपाधि जितेको पुलिसका खेलाडीहरुको सान थामिनसक्नुको देखिन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९