मन्त्री खड्का र राजदूत बोडेबीच भेटवार्ता

१२ चैत्र २०७०, बुधबार १३:२८ मा प्रकाशित


काठमाडौं, १२ चैत । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले सहरी विकास मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारमा आज (बुधबार) भएको भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय र आपसी सहयोगका सम्बन्धमा छलफल भएको मन्त्री खड्काले जानकारी दिए ।
खानेपानी, सरसफाइ र सहरी विकासका सम्बन्धमा संयुक्त राज्य अमेरिकी सरकार र त्यहाँका जनताले पु¥याएको सहयोगका बिषयमा छलफल भएकोउनले बताए ।
काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनाको प्रमुखताका साथ निर्माण कार्य भइरहेको पनि मन्त्री खड्काले राजदूत बोडेलाई जानकारी गराए ।
छलफलका क्रममा राजदूत बोडेले नेपालमा हुनसक्ने प्रकोप जोखिम न्यूनीकरणका बारेमा द्विपक्षीय रुपमै उपयुक्त कदम चाल्न साझा अवधारणा बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले