‘समय अभाव’ भन्दै तीन ठूला दलको बैठक निष्कर्ष बिहीन

१२ चैत्र २०७०, बुधबार १३:२२ मा प्रकाशित


काठमाडौं, १२ चैत । उच्चस्तरीय राजनीतिक समिति र विगतका सहमतिको कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बसेको कांग्रेस, एमाले र एमाओवादीका नेताहरुको बैठकमा समग्र विषयमा छलफल भए पनि ठोस सहमति हुन नसकेको हो । बैठक पछि नेताहरुले समय अभावका कारण भोलि बिहीबार मात्रै टुङ्गो लगाउने सहमति भएको बताए ।
प्रमुख तीन दलबीच विगतमा भएको चारबुँदे सहमति र सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनका लागि मंगलबारदेखि छलफल शुरु भएको हो । छलफल सकारात्मक रुपमा अघि बढेको नेताहरुको दाबी छ ।
नेताहरूले संविधान निर्माण र निरन्तर संवाद तथा छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने र शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने सहमति गरे पनि बुधबार समय अभाव भन्दै ठोस निर्णय नगरेका हुन् ।
कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रिया, संविधान निर्माण र संक्रमणकालीन राजनीतिको व्यवस्थापनका सम्बन्धमा सौहाद्रपूर्ण छलफल भएको जानकारी दिए । ‘विगतमा भएका सहमतिको कार्यान्वयनका लागि प्रमुख तीन दलबीच सकारात्मक छलफल भएको छ,’ उनले भने ।
संविधान सभाको निर्वाचनमा एमाओवादीले उठाएको प्रश्न सम्बोधन र हालै भएको मूल्यवृद्धिका सम्बन्धमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाउने सहमति भएको भन्दै सिटौलाले अर्को बैठकले सो विषयलाई टुङग्याउने बताए ।
तत्काल संविधान निर्माण कार्यलाई अघि बढाउन संविधानसभाका संसदीय समितिलाई पूर्णता दिने, संवैधानिक परिषद् गठन गर्ने र राजदूत नियुक्त गर्ने लगायतका विषयमा समेत छलफल भएको नेताहरुको भनाई छ ।
एमाओवादीका नेता पोष्टबहादुर बोगटीले सत्य निरुपण र मेलमिलाप आयोग गठनमा दलहरुबीच सहमति भई सकेको बताए । ‘बाहिर आएका सम्पूर्ण विषयमा सकारात्मक छलफल भएको छ,’ उनले भने, ‘समयको अभावले बाँकी रहेका विषयमा भोलि बस्ने बैठकले यी सबै विषयमा टुङ्गो लगाउने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र