सिंहदरबारमा कर्मचारीले खान्छन करोडको चिया–पानी

१२ चैत्र २०७०, बुधबार ०७:३८ मा प्रकाशित


काठमाडौं, १२ चैत । प्रधानमन्त्री कार्यालयसहित २६ मन्त्रालय रहेको सिंहदरबारभित्र महिनामा चिया र पानीका लागि मात्र एक करोड रुपैयाँ खर्च हुँदै आएको छ । सिंहदरबारभित्र मन्त्रालय, योजना आयोग सचिवालय, राष्ट्रिय सुरक्षा परिषद्लगायतका कार्यालय छन् ।

चियापानीमा मात्रै यत्रो खर्च देखिएपछि मुख्यसचिव लीलामणि पौड्यालले सिंहदरबारभित्र बोतलको पानी र दूध हालेको चिया बन्द गर्न निर्देशन दिएका छन् । एक लिटर बोतलको पानी आउने पैसाले १० लिटर जारको पानी आउँछ ।

तर सिंहदरबारमा रहेका सबै कार्यालयले बोत्तलकै पानी किन्दै आएका थिए । ‘बोत्तलको पानी जारको भन्दा धेरै महँगो पर्ने रहेछ,’ मुख्यसचिव पौड्यालले भने, ‘सिंहदरबारभित्र बोतलको पानी बन्द गरेर जारको किन्दा लाखौ रुपैयाँ सरकारी खर्च घट्ने भएकाले यस्तो निष्कर्षमा पुगेका हौं ।’

पौड्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यसै महिनादेखि बोतलको पानी बन्द गरेर जारको किन्न थालिएको छ । प्रधानमन्त्री कार्यालयमा धमाधम जारकै पानी ओसारेर पिउने गरिन्छ ।

अन्य मन्त्रालयमा पनि बोत्तलको पानी बन्द गरेर जारकै किन्न मौखिक निर्देशन दिइएको छ । अब हुने सचिव बैठकमा यसबारे औपचारिक निर्णय गर्ने तयारी भएको छ । प्रधानमन्त्री सुशील कोइरालाको सरकारी खर्च घटाउने नीतिअनुसार मुख्यसचिव पौड्यालले दूधका चिया र बोतलको पानी बन्द गरी कालो चिया र जारको पानी प्रयोग गर्न निर्देशन दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत