सासुले ज्वाइँको हत्या गरिन्

१२ चैत्र २०७०, बुधबार ०७:३२ मा प्रकाशित


विराटनगर, १२ चैत । मोरङको बवियाबिर्ता ३ की ५१ वर्षीय वसन्ती माझीले कुटपिट गरेर मंगलबार बिहान आफ्नै ज्वाइँको हत्या गरेकी छन् । सासुको कुटपिटबाट बवियाबिर्ता ३ का ३३ वर्षीय खगेन्द्र माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक पोखरेलले बताए ।

घरायसी विवादपछि सात महिना अघिदेखि माइतमा बस्दै आएकी आफ्नी पत्नीलाई लिन गएका खगेन्द्रलाई सासुले कुटपिट गरेको डिएसपी पोखरेलले बताए । आफ्नी छोरीलाई हेला गरेको र घरमा बस्न नदिएको भन्दै सासुले खगेन्द्रलाई सोमबार कुटपिट गरेको प्रहरीले जनाएको छ ।

सासुले लाट्ठीले हानेर टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेपछि आफ्नो घरतर्फ लागेका खगेन्द्रको सुतेकै ठाउँमा मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीले ज्वाइँको हत्या गर्ने वसन्तीलाई पक्राउ गरेर रंगेलीमा राखेको छ ।

आफू मदिरामा लट्ठ भएकाले घटनाका बारेमा थाहा नभएको वसन्तीले बताएकी छन् । उनलाई कर्तव्य ज्यान मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक माधव काफ्लेले बताए । अन्नपूर्ण दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार