उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वमा अन्यौल कायम

११ चैत्र २०७०, मंगलवार १६:४८ मा प्रकाशित


काठमाडौं, ११ चैत । संविधान निर्माणमा सहमति जुटाउन उच्च स्तरीय राजनीतिक समिति गठन हुने भएको छ ।
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको आज (मंगलबार) विहान राजधानीमा बसेको बैठकले मुख्य राजनीतिक दलहरुबीच संविधान निर्माणमा देखिएका विवादको सहमतिमा समाधान गर्न राजनीतिक समिति गठन गर्ने सहमति भएको हो ।
बैठकमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकमा समिति गठन गर्ने सहमति भएपनि नेतृत्व कसले गर्ने भन्नेमा सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ । नेतृत्वका विबादमा दलहरुका बीच छलफल हुने सहमति भएको छ ।
बैठकमा नेताहरुबीच गत संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीबारे संसदीय छानविन समिति बनाउने सहमति समेत भएको छ ।
त्यस्तै द्वन्द्वकालमा भएका घटनालाई टुंगयाउन ५ दिनभित्र सत्य निरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्ने सहमति पनि बैठकले गरेको कांग्रेस एक नेताले बतायो । सहमति भएका विषयको अन्तिम टुंगो लगाउन तीन दलको बैठक बुधबार पुनः बस्ने ति नेताले बताए ।
बैठक प्रधानमन्त्री एवं कांग्रेसका सभापति सुशील कोइरालले बोलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार