माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

११ चैत्र २०७०, मंगलवार १६:४२ मा प्रकाशित

कालीकोट, ११ चैत । कालीकोट जिल्लामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ ।
स्युना–१, सेतीकोणमा माटो खन्ने क्रममा सोमबार माथिबाट ढिस्को आइ पुरिँदा सुनारबाडा बस्ने १५ वर्षीया बिरसा सुनारको मृत्यु भएको हो । संगीता सुनार समेत २ जना सामान्य घाईते भएकाले उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यसैगरी कालीकोट जिल्ला मुम्रा–१, लामाबगरमा झोलुङ्गे पुलको जग खत्रे क्रममा अचानक माथिबाट ढुंगा खस्न जाँदा सोही ठाउँ बस्ने २७ वर्षीया सुक्ला सिंखडाको ढुंगाले च्यापिएर मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,