रुपन्देहीका क्रिकेट खेलाडीलाई बोहोराले १/१ लाख दिने

११ चैत्र २०७०, मंगलवार १६:१४ मा प्रकाशित


बुटवल, ११ चैत । रुपन्देही क्षेत्र नम्ब २ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सभासद दीपक बोहराले आइसिसी टी–२० वल्र्डकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेट टिममा रहेका भैरहवा क्षेत्रका पाँच खेलाडीलाई जनही एक लाख रुपियाँ दिने घोषणा गरेका छन् ।
टी–२० विश्वकप क्रिकेटको प्रारम्भिक चरणको खेलमा खेलेका यस क्षेत्रका खेलाडी शक्ति गौचन, वसन्त रेग्मी, सागर पुन तथा अमृत भट्टराई र क्षेत्र नम्बर–४ बुटवलका राहुलकुमार विश्वकर्मालाई जिल्लावासीका हिसाबले सम्मान गर्न लागिएको सभासद् बोहराले बताए ।
अभिनन्दन तथा नगद पुरस्कार वितरण समारोहको मिति छिट्टै तय गरिने क्षेत्रीय क्रिकेट संघ भैरहवाका कोषाध्यक्ष सत्यजित सरकारले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले