छानविन र वेपत्ता आयोगको प्रस्ताव ल्याउँछु : सरकार

११ चैत्र २०७०, मंगलवार १५:५७ मा प्रकाशित


काठमाडौं, ११ चैत । सरकारले १५ दिनमा सत्य निरुपण तथा मेलमिलाप र व्यक्ति वेपत्ता छानविन आयोग गठनका लागि व्यवस्थापिका संसदमा विधेयक ल्याउने प्रतिवद्धता जनाएको छ ।
व्यवस्थापिका संसद बैठकमा आज (मंगलबार) कानून मन्त्री नरहहिर आचार्यले बेपत्ता र छानविन आयोग गठनको प्रस्ताव सदनमा पेश गर्ने अन्तिम तयारी भएको बताए ।
एमाओवादीका सभासद अग्नि सापकोटाले पूर्व सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाएका थिए । उनले सदनको रुलिङ पालना नगरेकोमा आपत्ति जनाए लगत्तै मन्त्री आचार्यले आयोग गठनमा सरकार गम्भीर रहेको बताएका हुन् ।
उनले माफी प्रक्रियामा पीडितको सहमति र त्यस सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा दिएर राजनीतिक सम्वाद गर्न जरुरी भएकाले विधेयक ल्याउन ढिलाई भएको जानकारी दिए ।
बैठकले राष्ट्र ऋण उठाउने विधेयक–२०७० पारित गरेको छ । संसदमा निर्वाचन सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, संविधानसभा निर्वाचन विधेयक, सपुर्दगी विधेयक, संगठित अपराध निवारण विधेयक, पारस्परिक कानूनी सहायता विधेयक, नेपाल स्वास्थ्य सेवा चौथो संशोधन विधेयक र निजामती सेवा तेस्रो संशोधन विधेयकमाथि छलफल पनि भएको छ ।
संसदीय समितिहरुको गठनमा भएको ढिलाईका कारण समितिमा हुनुपर्ने दफावार छलफल सदनको पूर्ण बैठकमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार