सभासदको एसएलसी , खेतालाले दिदै‌

११ चैत्र २०७०, मंगलवार ०९:१० मा प्रकाशित

काठमाडौं ११ चैत । संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिक सभासद्का उम्मेदवारले एसएलसी खेताला खोजेर परीक्षा दिएका छन् ।
सभासद्का उम्मेदवार गंगा पासवानको नाममा परीक्षा दिइरहेका बीरेन पासवान पक्राउ परेका छन् ।
एसएलसीको दोस्रो दिन शुक्रवार अनिवार्य नेपाली बिषयको परीक्षा दिइरहेका बेला कर्जन्हा गाविसका वीरेन पक्राउ परको सिरहाका प्रहरी नायव उपरीक्षक रमेश तामाङले जानकारी दिए ।
पासवान सिरहाको फूलबरिया गाविसको फूलबरिया मावि परीक्षा केन्द्रबाट गंगाको नाममा परीक्षा दिदै थिए ।
सिम्बोल नम्बरको प्रवेशपत्रमा फोटो नमिलेर सोधपुछ गरेपछि सुरुमा वीरेनले आफ्नै पुरानो फोटो रहेको बताएका थिए ।
तर, पछि उनले सभासद गंगाको नाममा परीक्षा दिएको बताएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार