बेपत्ता मलेसियाली जहाज हिन्द महासागरमा दुर्घटनाग्रस्त

११ चैत्र २०७०, मंगलवार ०९:०७ मा प्रकाशित


एजेन्सी
क्वालालाम्पुर, ११ चैत । फागुन २४ गते शनिबारदेखि बेपत्ता मलेशियन एयरलाइन्सको विमान हिन्दमहासागरमा दुर्घटनाग्रस्त भएको मलेशियन प्रधानमन्त्री नजिव रजाकले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । विमानमा चालक दलका १२ सहित २ सय ३९ सवार थिए । क्वालालम्पुरबाट बेइजिङका लागि उडेको फ्लाइट नम्बर एमएच–३७० को उक्त बोइङ ७७७–२०० जहाज अन्तिम सम्पर्क मलेसिया र भियतनामबीचको समुद्रमाथि ३५ हजार फिटको उचाइमा युटिसी ०१२१ को समयमा भएको थियो । जहाज दुर्घटनाग्रस्त हुनका कारण खुलेको छैन । रजाकले आफ्नो घोषणा बेलायती स्याटलाइट र हवाई दुर्घना अनुशन्धान शाखाको अभूतपूर्व विश्लेषणमा आधारीत रहेको बताए। उनले अनुशन्धानको प्रकृतिबारे भने खुलाएनन्। तर उनले विमानको अन्तिम अवस्था भने हिन्दमहासागरको बीचमा भएको र जहाँबाट कतै अवतरण गर्न सकिने भूभागको सम्भावना नरहेको स्पष्ट पारे। यसअघि सोमबार बिहान चिनीयाँ सरकारी समाचार संस्थाका अनुसार हराइरहेको मलेशियन विमानको खोजी कार्यमा संलग्न चिनीँया जहाजका सदस्यले चारकुने आकारको सेतो टुक्रा देखे, जुन वस्तु केही दिनअघि चिनीयाँ स्याटलाइटले खिंचेको थियो। उक्त ‘सेतो वस्तुु गत फागुन २३ गतेदेखि हराइरहेको मलेशियन विमानको भग्नावशेष हुन सक्ने अनुमान गरिएको थियो। जिन्ह्वा समाचार संस्थाका अनुसार आइएल–७६ मा सवार उडान सदस्यले दक्षिणी हिन्दमहासागरको खोजी क्षेत्रमा उक्त वस्तु देखेका हुन्। अस्ट्रेलिया र चिनीयाँ स्याटलाइटले हिन्दमहासागरमा तैरिएका सेता वस्तुहरूको तस्बिर खिंचेका थिए। वस्तु हराइरहेको मलेशियन एयरलाइन्सको हुनसक्ने अनुमान गरिएको थियो। खोजीकार्यका लागि चिनीयाँ पानी जाहाज स्नो ड्रयागन त्यसतर्फ पठाइएको थियो। तर यसबारे विस्तृत जानकारी दिइएको छैन। अस्ट्रेलियाको भूउपग्रहले अस्ट्रेलियाको पर्थबाट २५ सय किलोमिटर दक्षिणपश्चिममा शंकास्पद वस्तुको तस्बिर लिएपछि मात्र हिन्द महासागरको सुदूर दक्षिणी जलक्षेत्रमा बेपत्ता जहाजको खोजी केन्द्रित भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त