डेढ घन्टा अध्यागमन खाली, भिसाबिनै छिरे विदेशी

११ चैत्र २०७०, मंगलवार ०८:५९ मा प्रकाशित


काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले गैरजिम्मेवार बन्दै अध्यागमन डेस्क खाली गरेपछि यात्रु अध्यागमनको छाप नलगाई भित्रिएका छन्। गत शनिबार साँझ साढे चार बजेदेखि झन्डै डेढ घन्टासम्म आगमन डेस्कमा कर्मचारी थिएनन्।
आगमन डेस्क खाली भएका बेला इन्डियन एअर, चाइना इस्टन, जेट एअर, कतार एअर, स्पाइसजेडका अन्तर्राष्ट्रिय विमान अवतरण भएका थिए। ती विमानबाट आएका विदेशी अनअराइभलु भिसा लगाउन अध्यागमन कर्मचारी खोज्दै थिए। राहदानीमा आगमन छाप र अनअराइभल भिसा लगाउन लामबद्ध विदेशी नागरिक डेस्कमा कर्मचारी नभेटेपछि अर्को दिन आउने भन्दै बाहिरिएका थिए।
अन्तर्राष्ट्रिय विमान अवतरण गरिरहेका बेला अध्यागमन कर्मचारी जिम्मेवारी छाडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीबाट जोगिने तानाबाना बुन्न बैठक बसिरहेका थिए। अध्यागमनका १२ जना कर्मचारीलाई अनियमितताको आरोपमा अख्तियारले आइतबार बयान दिन बोलाएको थियो। विमानस्थलमा प्रस्थानतर्फ १७ र आगमनतर्फ १७ वटा डेस्क छन्। एउटा डेस्कमा दुईजनाका दरले ३४ जना कर्मचारी बस्ने व्यवस्था छ।
विमानस्थल स्रोतका अनुसार धेरै नेपाली आगमन छाप नलगाई हिँडेका थिए भने केही विदेशी बिनाभिसा काठमाडौं छिरे। विमानस्थलस्थित अध्यागमन प्रमुख वीरेन्द्रकुमार यादवले यसबारे आफूले छानबिन गर्ने बताए। ‘मैलै पनि त्यस्तै हल्ला सुनेको छु तर त्यस्तो त नहुनु पर्ने होु, उनले भने, ‘म गम्भीरताका साथ अनुसन्धान गर्छु।’
अध्यागमनका एक कर्मचारीले भने निर्धारित समयभन्दा छिटो विमान अवतरण भएका कारण समस्या परेको तर्क गरे। विमानस्थल अध्यागमन कार्यालयले अन्नपूर्ण र कञ्चजंघा गरी कर्मचारीलाई दुई समूहमा विभाजन गरेको छ। गत शनिबार साँझ कञ्चनजंघाको ड्युटी गर्ने पालो थियो। यो समूहमा तीन उपसचिव, ३४ अध्यागमन अधिकृत र ६ जना वरिष्ठ अध्यागमन सहायक छन्।
अध्यागमन कार्यालयले प्रत्येक साता कर्मचारीको ड्युटी परिवर्तन गरी आलोपालो गर्छ। अख्तियारले बिनाकारण आफूहरूलाई अनुसन्धानको दायरामा तानेको भन्दै केही दिनअघि उनीहरूले गृहमन्त्री वामदेव गौतमलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। त्यसअघि उनीहरूले अख्तियारले आफूहरूलाई मानसिक यातना दिएको भन्दै सामूहिक सरुवा मागेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार