दलको कार्यसमितिका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

१० चैत्र २०७०, सोमबार १७:११ मा प्रकाशित


काठमाडौं, १० चैत । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले आज (सोमबार) सूचना जारी गरेर कार्यक्रम सार्वजनिक गरेको हो । चैतको १२ गते कार्यसमितिका लागि निर्वाचन हुने कार्यक्रम छ । मतदान एक बजे देखि साढे चार बजे सम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने छ ।
संविधानसभा संसदीय दलको कार्यसमितिका सदस्य, प्रत्येक विकास क्षेत्रबाट एक÷एक जना गरी ५ सदस्य, समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम १२ जना सदस्यको निर्वाचन हुने छ । उम्मेदवारीको दरखास्त साथ दुई हजार रुपियाँ दाखिला गर्नु पर्ने छ ।
कार्यक्रम अनुसार मतदाता नामावली प्रकाशन चैत १० गते, मतदाता नामावली उपर दावी विरोध चैत १० गते, मतदाताको दावी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन चैत १० गते रहेको छ ।
उम्मेदवारका लागि दरखास्त चैत ११ गते, उम्मेदवारको प्रथम नामावली प्रकाशन चैत ११ गते, उम्मेदवारको दरखास्त उपर दावी विरोध चैत ११ गते, उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशन चैत ११ गते, उम्मेदवारले नाम फिर्ता लिने चैत ११ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत १२ गतेका लागि कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र