शुल्कवृद्धिबारे अदालतको आदेशपछि प्याब्सन परामर्शमा

१० चैत्र २०७०, सोमबार १६:३१ मा प्रकाशित


काठमाडौं, १० चैत । आउँदो शैक्षिक सत्रमा शुल्कवृद्धि नगर्न अन्तरिम आदेश दिइएपछि निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) ले अभिभावक र कानूनी क्षेत्रसँग परामर्श प्रारम्भ गरेको छ ।
प्याब्सनले आज (सोमबार) राजधानीमा दुई अभिभावक संघका पदाधिकारीसँग नयाँ भर्ना, पाठ्यपुस्तकको बिक्री वितरणलगायतका विषयमा परामर्श गरेको हो ।
प्याब्सनले शुल्क व्यवस्थापन, शिक्षक कर्मचारीको मागको सम्बोधन, संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिकाको कार्यान्वयनमा पनि छलफल गरेको अध्यक्ष लक्ष्यबहादुर केसीले बताए ।
सर्वाेच्च अदालतले चैत ५ गते हाललाई शुल्क नबढाउन अन्तरिम आदेश दिएको थियो । अदालतले गत वर्ष नै तीन वर्षसम्म शुल्क वृद्धि नगर्न आदेश दिएकामा निजी विद्यालयले हरेक वर्ष शुल्क बढाउन चाहेको भन्दै निवेदन परेको थियो ।
प्याब्सनका महासचिव डीके ढुङ्गानाले अन्तरिम आदेशका बारेमा आफूहरु आन्तरिक, कानूनी र सरोकार भएकाहरुबीच परामर्शमा रहेको बताए । उनले शुल्कवृद्धि मात्रै नभई समग्र व्यवस्थापन विषयमा चासो दिइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण