‘द लास्ट किस’ प्रदर्शनमा रोक

१६ बैशाख २०६९, शनिबार १९:५३ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय ‘लुट’ र ‘चपली हाइट’ चलेपछि यीनै चलचित्रमा प्रयोग गरिएका जस्तै संवाद राखेर फिल्म बिकाउन खोजेको भन्दै नेपाल चलचित्र विकास बोर्डले सेन्सरमा कडाइ गर्ने निर्णय गरेको एक हप्तामै प्रदर्शनीको तयारीमा रहेको ‘द लास्ट किस’लाई प्रदर्शनबाट रोक लगाएको छ ।

जेठ १२ देखि प्रदर्शन हुने भनिएको चिलचित्रलाई सामाजिक सद्भाव बिथोल्ने र अश्लील संवाद तथा दृश्यले भरिएको भन्दै प्रदर्शनमा रोक लगाएको हो । बोर्डले यस्तो संवाद र दृश्य हटाएर ल्याउन समेत भनेको छ ।

निर्माताले भने यस्तै संवाद ‘लुट’ र ‘चपली हाइट’मा चल्ने तर आफ्नो फिल्ममा किन नचल्ने भन्दै कानुनी उपचार खोज्ने बताएको छ । ‘द लास्ट किस’मा नायिका सोभिात सिम्खडा र नायक पुष्कर थापाको मुख्य भूमिका रहेको छ । यौन प्रधान यो सिनेमालाई बीबी फुयाँलले निर्नेशन गरेका हुन् । (Source : Filmnepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली