प्रधानमन्त्री कोइराला र अध्यक्ष खनालबीच भेटवार्ता

१० चैत्र २०७०, सोमबार १५:४४ मा प्रकाशित


काठमाडौं, १० चैत । प्रधानमन्त्री सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा आज (सोमबार) भएको भेटवार्तामा स्थानीय निकायको चुनाव, संविधान र सरकारको कामकारबाहीलगायतका विषयमा छलफल भएको हो । अध्यक्ष खनालले स्थानीय चुनावका साथै मुलुकको समग्र राजनीतिक विषयमा परामर्श भएको बताए ।
‘चुनाव गर्न सकिन्छ वा सकिन्न भन्ने विषयमा छलफल भएको हो । निर्णय कुनै भएको छैन,’ खनालले भने, ‘प्रधानमन्त्रीसँग सरकार सञ्चालनदेखि चुनावसम्म सबै विषयमा छलफल भएको छ ।’
छलफलमा सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन, संवैधानिक निकायमा रिक्त रहेका पदपूर्ति, संविधानसभा, व्यवस्थापिका संसद अन्तर्गतका विभिन्न समितिमा सभापति चयन लगायतका विषयमा परामर्श भएको खनालले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार