‘अन्तर्वस्तुमा सहमति भए नयाँ संविधान जारी गर्दा आपत्ति छैन’

१० चैत्र २०७०, सोमबार १४:५७ मा प्रकाशित


काठमाडौं, १० चैत । नेकपा–माओवादीका सचिव देव गुरुङले अन्तर्वस्तुहरुमा सहमति भए अहिलेकै संविधानसभाबाट नयाँ संविधान जारी गर्दा आफूहरुलाई आपत्ति नरहने बताएका छन ।
काठमाडौंमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा सचिव गुरुङले संविधानका अन्र्तबस्तुमा सहमति अनिवार्य रहेको बताए । ‘अन्तर्वस्तुमा सहमति हुन्छ भने नयाँ संविधान कसरी जारी गर्ने भन्ने विषयमा हामी खुल्ला छौं,’ उनले भने ।
सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन गरेर सहमति हुने विषयमा सहमति गर्ने बताएका उनले सहमति नभएका विषयलाई कसरी टुङग्याएर संविधान जारी गर्ने भन्ने विषयमा स्पष्ट विधि बनाएर जान सकिने उल्लेख गरे ।
कांग्रेसका नेता रमेश लेखकले संविधान बाहिर रहेका दलहरुसँग संविधानको अन्तवस्तुमा सहमति गरेर नयाँ संविधान निर्माण गरिने बताए । उनले मुलुक र जनजीविकाको विषयमा निर्णय लिँदा सरकारले पार्टीसँग छलफल गर्नु पर्ने बताए ।
एमालेका नेता रविन्द्र अधिकारीले स्थानीय निकायको निर्वाचन आवश्यक भए पनि त्यसले संविधान निर्माण कार्यलाई असर पार्न नहुने बताए । उनले दलीय झगडाले संविधान निर्माणमा प्रतिकुल असर पर्ने भएको भन्दै सबैको सहमतिमा मात्र निर्वाचन गर्न आग्रह गरे ।
एमाओवादीका नेता अग्नि सापकोटाले संविधानसभा भित्र र वाहिर रहेका दलहरुलाई समेट्न सक्ने नेता अध्यक्ष प्रचण्ड भएकोले उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाएर अघि बढे संविधान निर्माणमा सहज हुने बताए । ‘प्रचण्डलाई संयोजक नबनाए धोका हुन्छ,’ उनले भने, ‘त्यसो नगरे कांग्रेस र एमाले संविधान बनाउन चाहँदैनन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र