सरकारका विषयमा अहिले टिप्पणी गर्ने समय होइन : देउवा

१० चैत्र २०७०, सोमबार १४:२२ मा प्रकाशित


विराटनगर, १० चैत । कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारका बारेमा टिकाटिप्पणी गर्ने समय नआई सकेको बताएका छन् ।
‘वर्तमान सरकार गठन भएको धेरै समय भएको छैन,’ उनले भने, ‘सरकारका विषयमा टिकाटिप्पणी अहिले नै गर्नु हुँदैन ।’ नेपाल प्रेस युनियन मोरङ शाखाले आज (सोमबार) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले सरकारलाई निर्बाधरुपमा काम गर्न दिनुपर्ने बताए ।
उनले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने पनि बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा सबै दलको सहमति गर्नु पर्ने बताए ।
‘स्थानीय निकाय निर्वाचन संविधान घोषणाको अगाडि वा पछाडि हुनु कुनै महत्वपूर्ण कुरा होइन,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा अवरुद्ध विकास निर्माणका कार्यलाई सुचारु गर्न स्थानीय निकायको निर्वाचन आवश्यक छ ।’
उनले संविधान सहमतिको दस्तावेज भएकाले सबैको भावनालाई सम्बोधन हुने गरी दलहरुको सहयोगमा संविधान बन्नुपर्ने बताए ।
‘संविधानसभामा कुनै दलको बहुमत छैन,’ उनले भने, ‘नेकपा–माओवादी, एमाओवादीलगायत मधेसकेन्द्रित दललाई समेत विश्वासमा लिएर संविधान निर्माण प्रक्रिया अगाडि बढाउनुपर्छ ।’
उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संविधान जारी भएपछि मात्र हुने बताए । ‘अहिले नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुँदैन,’ नेता देउवाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार