रुसी समर्थकले घेरे युक्रेनी सैन्य अखडा

१० चैत्र २०७०, सोमबार ०७:५९ मा प्रकाशित


एजेन्सी


मस्को, १० चैत । करिब दुई सय रुसी समर्थकले क्रिमियास्थित युक्रेनी सैनिक कार्यालय शनिबारदेखि घेरेको समाचार छ । सो सैनिक कार्यालयका प्रमुखलाई भीडले रुसको समर्थन गर्न दबाब दिन शनिबारदेखि सो कार्यालय घेरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । कार्यालयका प्रमुख सेनाले रुस र युक्रेनको विषयमा केही बोल्न नमानेपछि नाराबाजी गर्दै क्रिमियास्थित युक्रेनी सेना अखडामा रुसी समर्थकले धर्ना दिएका हुन् । सैनिक अखडा घेर्न रुसी सेना पनि पुगेकाले सो क्षेत्रमा भिडन्त हुनसक्ने आशंका गरिएको छ ।

क्रिमियामा रहेका युृक्रेनका रक्षा मन्त्रालयका प्रवक्ता भ्लादिस्लाभ सेलेन्योबले सैनिक कार्यालयमा भएको धर्नाको विरोध गरेका छन् । उनले किभले आधिकारिक धारणा सार्वजनिक नगरेसम्म क्रिमियाबाट युक्रेनी सेना नहट्ने बताएका छन् । किभले भने रुसको स्वार्थका कारण क्रिमियामा हिंसा निम्तिएको बताएको छ । किभले केही दिनअघि क्रिमियामा भएको जनमतसंग्रहलाई आधिकारिकता पनि दिएको छैन ।

उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियालाई रुसमा विलय गराउने कानुनमा हस्ताक्षर गरेपछि क्रिमियाको राजधानी सिम्फेरोपोलमा आतिशबाजी गरिएको छ । जनमतसंग्रहमा करिब ९६ प्रतिशत क्रिमियालीले क्रिमियालाई रुसीसँग विलय गराउन मत दिएका थिए । तर, जनमतसंग्रह बहिष्कार गरेका क्रिमियाका तातर समुदाय र युक्रेनी मूलका मानिस भने घरबाहिर ननिस्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

वर्लिन । विश्वका धनी राष्ट्रहरूको समूह जी-७ ले जर्मनीमा भइरहेको शिखर बैठकको दोस्रो दिन रुसी आक्रमण खेपिरहेको युक्रेनलाई आवश्यक परेसम्म

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै