नेपाल-भारतबीच नयाँ पेट्रोलियम सम्झौता

१६ बैशाख २०६९, शनिबार १९:४७ मा प्रकाशित

काठमाडौं १६ बैशाख । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन बीच शुक्रबार नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी नयाँ सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौता मार्च ३१ सन् २०१७ सम्म कायम रहने छ । सम्झौता पत्रमा निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल र आइओसीका व्यापार महाप्रबन्धक आर करनडिकरले हस्ताक्षर गरे । हस्ताक्षर निगमका अध्यक्ष तथा वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी र आईओसीका बजारनिर्देशक निर्देशक एम नेने, मन्त्रालयका पदाधिकारी, दुवै देशका कूटनीतिक नियोगका प्रतिनिधि र निगम र आईओसीका उच्च पदाधिकारीको उपस्थितिमा भएको हो । यसअघि सन् २००७ मा भएको ५ वर्षे सम्झौता मार्च ३१ स्् २०१२ मा सकिएको थियो । ‘सम्झौतामा निगमलाई हित हुने गरी साविकको सम्झौताका कतिपय बुँदालाई परिमार्जन गरिएको छ,’ निगमको विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा निगमले अन्तर्राष्ट्रिय बजारबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गरी आईओसीको सहयोगमा नेपाल ल्याउने व्यवस्था पनि कायम राखिएको छ । त्यसैगरी निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल किनेर आईओसीलाई बिक्री गर्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध