चिनी उद्योग बन्दले किसानका उखु बारीकै सुके

१० चैत्र २०७०, सोमबार ०७:५८ मा प्रकाशित

कावासोती, १० चैत । किसानको उखु बारीमा हुँदै जिल्लामा रहेका चिनी उद्योगहरु बन्द भएपछि सुकेर खेर जान थालेका छन् ।

उखुको भुक्तानी नपाएको भन्दै नवलपरासीका किसानले मूल्य माग गर्दा चिनी उद्योगहरु उखु क्रसिङ नसकिँदै बन्द भएका हुन् । माघदेखि उखु क्रसिङ थाले पनि चिनी उद्योगहरुले मूल्य निर्धारण नभएको भन्दै किसानलाई भुक्तानी दिएका छैनन् ।

इन्द्रिरा सुगर मिल प्रतापपुर, बागमती खाँडसारी, लुम्बिनी चिनी मिल सुनवलमध्ये बागमती खाँडसारीबाहेकका सबै मिल बन्द भएका हुन् । उत्पादन भएको चिनी बजार नलगेसम्म किसानको उखुको भुक्तानी दिन नसक्ने चिनी मिल सञ्चालकहरुले अडान लिएपछि किसानले भुक्तानी पाउन नसकेका हुन् ।

इन्द्रिरा चिनी मिलले किसानको रु १९ करोड र बागमतीले पनि रु १९ करोड बराबरको उखु लिएका छन् । जिल्लाका मिलहरुबाट किसानले झन्डै रु ४४ करोड भुक्तानी पाउनुपर्ने बताएका छन् । लुम्बिनी, इन्द्रिरा र बागमती यहाँको ठूलो चिनी उद्योग हुन् । यसबाहेक भेली उद्योगहरुमा उखुको क्रसिङ हुने गर्छ । गत वर्षदेखि भुक्तानी किसान नपाएपछि यस वर्षको उखु बारीमा सुकाएका हुन् ।

उखुको मूल्य नतोक्दासम्म प्रतिक्विन्टल रु ४०० पेस्की दिने सहमति भएपछि किसानले चिनी मिललाई उखु दिएका थिए तर किसानको उखु नसकिँदै चिनी मिल बन्द भएपछि उनीहरु ठूलो मर्कामा परेका हुन् । अगुवा किसान प्रेमचन्द्र गुप्ताका अनुसार गत वर्ष २६ लाख क्विन्टल उखु खरिद गरेका चिनी मिलले २१ लाख क्विन्टल मात्र उखु खरिद गरेका छन् । अब बारीमा डेढ लाख क्विन्टल उखुु छ त्यो सुकेरै जाने भयो । उहाँले भन्नुभयो–“एक क्विन्टल उखुमा नौ केजी चिनी उत्पादन हुन्छ । उखुको उत्पादन घट्दोसँगै चिनी उद्योगको क्रसिङ पनि घट्नुपर्ने हो तर बढेको बढ्यै छ चिनी कहाँबाट आएको छ सरकारले खोज्नुपर्छ ।”

सरकारले नेपाली किसान मार्ने चिनी उद्योगको गोदाम र उत्पादन हेर्न पनि नसक्ने अनि किसानका उखुको बजारको ग्यारेन्टी पनि नहुँदा यस वर्ष उखु लगाउने किसानहरुसमेत कम भएका छन् । उखुको मूल्यका लागि वीरगन्ज र काठमाडौँमा उखु उत्पादक किसान र चिनी उद्योगका सञ्चालकहरुको बैठक हुँदासमेत मूल्य नतोक्दा किसानले बिनाभाउ उखु क्रसिङमा दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार