आसनग्रहण नगराएको भन्दै सार्वजनिक सुनुवाइ बहिष्कार

१० चैत्र २०७०, सोमबार ०७:३५ मा प्रकाशित


डोटी, १० चैत । जिल्ला विकास समिति डोटीले गरेको सार्वजनिक सुनुवाइ जिल्लामा क्रियाशील राजनीतिक दलले बहिष्कार गरेका छन् । सार्वजनिक सुनुवाइमा आसनग्रहण नगराएको भन्दै दलका नेताले बहिष्कारको घोषणा गरेका हुन् ।

बहिष्कार घोषणा गरेर दलका जिल्लास्तरीय नेता कार्यक्रमस्थलबाट बाहिरिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा कुनै भूमिका नदिएकाले बहिष्कार गरेको कांग्रेस डोटीका कार्यबाहक सभापति रामप्रसाद उपाध्यायले बताए । उनले भने, ‘हाम्रो कुनै भूमिका पनि देखिएन र हामीलाई कार्यक्रमबारे कुनै जानकारी पनि दिइएन, यो योजनाविनाको कार्यक्रमप्रति हाम्रो घोर आपत्ति छ ।’

एमाले डोटी जिल्ला सचिवालय सदस्य शंकरदीप मडैले जिल्लामा क्रियाशील सबै दलले सल्लाह गरेरै बहिष्कार गरेको बताए । ‘कार्यक्रममा पत्र काटेर बोलाइएको थियो, तर दलहरूको सामान्य आसनग्रहणसमेत नगराएकोमा हाम्रो आपत्ति रह्यो,’ मडैले भने ।

तर, राजनीतिक दलले कार्यक्रमलाई बहिष्कार गरेको आफूलाई जानकारी नभएको डोटीका स्थानीय विकास अधिकारी शिवकुमार कार्कीले बताए । ‘यदि राजनीतिक दलले सार्वजनिक सुनुवाइजस्तो महत्त्वपूर्ण कार्यक्रम बहिष्कार गर्नुभएको हो भने उहाँहरूले ठूलो अवसर गुमाउनुभएको हो,’ कार्कीले भने, ‘उहाँहरूले पनि आफ्ना कुरा जनताबीच राख्ने अवसर थियो आज ।’

उता एकीकृत माओवादीका प्रतिनिधि भरत बोहोराले दललाई अपमान गरेर जिल्ला विकास समिति अगाडि बढ्न खोजेको आरोप लगाए । ‘हामी भोलि सर्वदलीय बैठक बोलाउँछौँ र सो बैठकमा छलफल गरी निर्णय गर्छौं, उनले भने, ‘यो आयोजकको बेइमानी हो ।’ सार्वजनिक सुनुवाइ कार्यक्रमको विषयमा छलफल गर्न सोमबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको कांग्रेस सभापति उपाध्यायले जानकारी दिए ।

कार्यक्रम बहिष्कार गरेको घोषणा गरे पनि दलहरूले उपस्थितिमा भने हस्ताक्षर गरेका छन् । सेवाग्राहीका गुनासा सुन्न आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि, गैससका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहे पनि सेवाग्राहीको न्यून सहभागिता थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार