कमिशन शुल्क र ढुवानी भाडा बढाउन पेट्रोलियम डिर्लसको माग

९ चैत्र २०७०, आईतवार २०:३२ मा प्रकाशित


काठमाडौं, ९ चैत । नेपाल पेट्रोलिमय डिर्लस राष्ट्रिय एसोसियसनले पेट्रोलियम पर्दाथको कारोवारमा प्राप्त हुने कमिशन र ढुवानी भाडा नवढेकोमा गम्भिर आपत्ति प्रकट गरेको छ ।
एसोसियसनले आज (आइतवार) वाणिज्य तथा आपूर्ति मन्त्रालय, निगम संचालक समितिलाई बुझाएको ज्ञापनपत्रमा कमिशन र ढुवानी भाडा बढाउन माग गरिएको हो ।
एसोसियसनले विवाद रहित विशेषज्ञ समितिका रुपमा गठित डा.पुस्करराज बज्राचार्यको संयोजकत्वमा गठित समितिले दिएको सुझाव कार्यन्ब्यन गर्न पनि जोडदार माग गरेको छ ।
गत ६ चैतमा सरकारले डा.बज्राचार्यको सुझाव तथा नेपाल सरकार एवं संचालक समितिको निर्णय विपरीत विक्रेताले पाउनुपर्ने कमिशन एवं ढुवानी भाडा नवढाई मूल्य कायम गरेको प्रति एसोसियसनले आपत्ति प्रकट गरेको छ ।
यस्तो अवस्था सृजना हुनुमा गलत प्रक्रियामा हिड्न चाहने केही गलत तत्वहरुको खराव नियतका कारण ब्यवसायी र ब्यवस्थापनवीच पुनः द्वन्द्ध गराई आन्दोलन हुने अवस्था सृजना गर्न खोजेको ठहर एसोसियसनले गरेको छ ।
ब्यवसायीले राखेको माग पुरा नभए संघर्षको कार्यक्रम ल्याउनुपर्ने भन्दै एसोसियसनले सम्बन्धित पक्षलाई यसतर्फ सम्वेदनसिल हुन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

आजको प्रमुख समाचार